कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

अप्रत्याशित नतिजाको दाउमा अल्बानिया

रोयटर्स

डर्टमन्ड — डिफेन्डिङ च्याम्पियन इटालीले युरोको आफ्नो पहिलो खेलमा अल्बानियाको सामना गर्दा टोलीको लक्ष्य पछिल्लो संस्करणमा जस्तै बलियो सुरुआत लिने हुनेछ । तर, टोलीको प्रतिद्वन्द्वीसामु पनि एउटा राम्रै मौका छ, ठूलो टिमविरुद्ध आफू अनुकूल नतिजा निकाल्ने र चर्चामा छाउने ।

अप्रत्याशित नतिजाको दाउमा अल्बानिया

सन् २०२१ मा इटालीले आफ्नो पहिलो खेलमा टर्कीको सामना गरेको थियो । त्यतिबेला टर्कीलाई ‘डार्क हर्स’ मानिएको थियो । तर, यही टिमविरुद्ध इटाली सजिलै ३–० ले विजयी रह्यो ।

पछि इटाली लिग चरणका सबै तीन खेल जितेको थियो । यसपल्ट इटालीसम्मिलित समूह ‘बी’ स्पेन र क्रोएसिया पनि छ । त्यसैले इटालीलाई यसपल्ट सजिलो पनि हुने छैन । यो समूहलाई ‘ग्रुप अफ डेथ’ मानिएको छ । यसपल्ट अल्बानिया नै इटालीको लागि त्यस्तो प्रतिद्वन्द्वी हुन सक्छ, जसका विरुद्ध ३ अंक बटुल्ने अपेक्षा राख्न सकिन्छ । हुन पनि अल्बानिया यसपल्ट यस समूहको ‘ह्विपिङ ब्वाइज’ छ । तर अल्बानियालाई गुमाउनु पनि त केही हुने छैन ।

जति जति बेला अल्बानिया मैदानमा उत्रने छ, टोलीको एउटै ध्यान अप्रत्याशित नतिजामै हुनेछ । तीन वर्षअघि पनि युरो खेल्दा इटालीको काँधमा उपाधि जित्नैपर्छ भन्ने कुनै दबाब थिएन । यसपल्ट अल्बानियालाई हरायो भन्दैमा अहिलेको इटाली टिमबारे रहेको मत पनि फेरिने छैन । बरू आफ्नो पहिलो खेल जित्ने हो भने इटाली उत्साही हुनेछ र टिममा आत्मविश्वास फर्कनेछ । लुसिया स्पालेटीको इटालीका लागि अल्बानिया खासै अपरिचित विपक्षी टिम पनि होइन । किनभने अल्बानियाका १० प्रमुख खेलाडीले व्यावसायिक फुटबल खेल्ने भनेकै इटालीमा हो । अब उनलाई पनि इटालीको फुटबलबारे पर्याप्त जानकारी छ । ब्राजिली प्रशिक्षक स्लोभिनो अल्बानियाका प्रशिक्षक हुन् । उनी कुनै समय इन्टर मिलानमा रोबर्टो मान्चिनीका सहायक थिए । यतिमात्र होइन, अल्बानियामा अधिकांशले मज्जाले इटाली पनि बोल्न सक्छन् । त्यसैले पनि अल्बानियाका लागि इटाली, त्यहाँको फुटबल केही पनि नयाँ होइन ।

इटालीका लागि इन्टरका मिडफिल्डर निकोला बरेलाको चोट समस्या रहनेछ । सम्भवतः प्रशिक्षक स्पालेटीले उनलाई सुरुमै खेलाएर जोखिम पनि लिन चाहने छैनन् । डाभिडे फ्राटेसी चोटमुक्त हुँदै टिममा फर्कनु भने इटालीका लागि सुखद समाचार हो । इटालीले गोलका लागि संघर्ष गरिरहेको छ र टिमका लागि जियानलुका स्माका प्रमुख अस्त्र हुनेछन् । उनलाई बेराट जिमिस्टीको चुनौती हुनेछ । दुवै खेलाडी एटलान्टाका हुन् । तर, यसपल्ट प्रतिद्वन्द्वी खेलाडी ।

केही साताअगाडि मात्रै उनीहरूले एटलान्टालाई पहिलो युरोपेली उपाधि दिलाउन मद्दत गरेका थिए । युरो फाइनलमा एटलान्टाले बायर लेभरकुजनलाई हराएको हो । स्माकालाई लिएर एउटा समस्या के भने उनले इटालीका लागि १६ खेलमा एकै गोल मात्र गरेका छन् । यहाँनिर उल्लेख गर्नुपर्ने तथ्य के भने अल्बानियाको डिफेन्स निकै बलियो छ । छनोट चरणमा ४ गोलमात्र खाएको छ ।

प्रकाशित : असार १, २०८१ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×