कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

फेबरेट सेफ प्रतियोगितामा नेपालका अर्जुन उत्कृष्ट १० मा 

काठमाडौँ — उत्कृष्ट व्यञ्जन तथा परिकारका सृजना प्रस्तुत गर्ने सम्बन्धी अमेरिकी प्रतिस्पर्धा ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा नेपालका अर्जुनबहादुर थापा उत्कृष्ट १० भित्र परेका छन् ।

फेबरेट सेफ प्रतियोगितामा नेपालका अर्जुन उत्कृष्ट १० मा 

तनहुँ मूलघर भई हाल बेलायतमा बस्दै आइरहेका थापा यो प्रतियोगितामा अब उत्कृष्ट ५ जना सेफका लागि प्रतिस्पर्धामा छन् । ‘झण्डै सय जनामध्येबाट १० उत्कृष्टमा छनौट भइसकेको छु अबको बाँकी निर्णय खानाका पारखीहरुको भोटमा निर्भर रहने छ,’ बिहीबार राजधानी काठमाडौंमा भेटिएका सेफ थापाले भने ।

फेबरेट सेफ विश्वभरका पाककला सृजना गर्ने सेफ तथा भान्सेहरुको लोकप्रिय एक अनलाइन प्रतियोगिता हो । प्रतियोगिताले पाककला सिक्दै गरेका तथा यसैमा लामो समय बिताएका सेफहरुबीच खानपान जीवनशैलीबारे रचनात्मक प्रदर्शन गर्ने अवसर दिन्छ ।

विश्वभरका ८९ मा सेफमध्येबाट प्रतिस्पर्धा गर्दै आइरहेका थापा नेपाली खाना पस्कँदै प्रतिस्पर्धामा उत्रिका छन् । यो प्रतियोगितामा विजेतालाई २५ हजार डलरका साथ ‘टेस्ट अफ दि होम’ म्यागेजिनको कभर स्टोरीमा समेटिन छ । यसबाहेक चर्चित अमेरिकी सेफ कार्ला हलका साथ विशेष खानाका परिकार पकाउने अवसर दिइन्छ ।

बेलायत तथा स्विट्जरल्यान्डमा गरी १७ वर्ष विदेशमा एशियाली खान्कीहरुमा समय बिताइसकेका थापाले सन् २०१० मा प्रतिष्ठित ब्रिटिस करी अवार्ड पनि जितेका थिए ।

प्रकाशित : जेष्ठ ३२, २०८१ २२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×