कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

असार ८ गते राष्ट्रिय खुला अपहिल रन

काठमाडौँ — नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा राष्ट्रिय खुला अपहिल केडिसी रन असार ८ मा हुने भएको छ । दौड २१ किलोमिटर दूरीको हुने शुक्रबार पत्रकार सम्मेलनमा राखेप बोर्ड सदस्य तथा आयोजक महासंघका अध्यक्ष एकेन्द्र कुँवरले बताए । स्पर्धामा २ सय बढीको सहभागिता हुनेछ ।

असार ८ गते राष्ट्रिय खुला अपहिल रन

शीर्ष पाँचमा रहने खेलाडीले क्रमशः ७५ हजार, ५० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार हात पार्ने आयोजक महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले बताए ।

दौड कीर्तिपुरको चारघरेस्थित माइती रिसोर्टबाट सुरु भई दक्षिणकालीको बोसनडाँडा, कीर्तिपुरको पुरानो बाघभैरव, पुष्पलाल पार्क, चन्द्रागिरिको मच्छेगाउँ, मातातीर्थ, कीर्तिपुरको भत्केपाटी हुँदै पुनः माइतीमै आएर टुंगिने छ । दौडको रुटमा सहभागीले करिब ३ हजार फिट उचाइ तय गर्ने छन् ।

रुट ६ वाटर प्वाइन्ट, ६ चेक प्वाइन्ट र ३ मेडिकल प्वाइन्टको व्यवस्था गरिएको छ । ६५ स्वयंसेवक र ८ बाइक परिचालन गरिने छ ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न महासंघका सदस्य सूर्यबहादुर बुढाथोकीको संयोजकत्वमा ७ सदस्यीय दौड सञ्चालन समिति गठन गरिएको छ । महासंघका सदस्य बाबुराजा श्रेष्ठलाई रेस डाइरेक्टरको जिम्मेवारी दिइएको छ । दौड सञ्चालन गर्न करिब १४ लाख २५ हजार रुपैयाा खर्च हुने आयोजकले जनाएको छ ।

प्रकाशित : जेष्ठ ३२, २०८१ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×