कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

पदकधारी सुगठक कृष्णप्रसाद सम्मानित

काठमाडौँ — माल्दिभ्सको मालेमा सम्पन्न १४ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा रजत पदक जितेका कृष्णप्रसाद श्रेष्ठलाई शुक्रबार नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघले सम्मान कार्यक्रम गरेको छ ।

पदकधारी सुगठक कृष्णप्रसाद सम्मानित

८० केजी तौल समूहमा पदक जितेका उनलाई ८८ हजारसहित सम्मानित गरिएको थियो । प्रतियोगितामा महासंघका उपाध्यक्ष ओकिलमान तुलाधर टिम म्यानेजर र निर्णायकको भूमिकामा राजेश मुल्मी रहेका थिए ।

संघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, उपाध्यक्ष राजन श्रेष्ठलगायतले विजेता खेलाडीलाई सम्मान गरेका थिए । यही अगस्ट ६ देखि १२ सम्म इन्डोनेसियाको बटाममा हुने एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा पनि कृष्णप्रसादले भाग लिने जानकारी गराइयो ।

प्रकाशित : जेष्ठ ३२, २०८१ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×