कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

युरो २०२४ मा चम्किएलान् फ्रान्सेली स्टार एमबाप्पे ?

फ्रान्स २४ वर्षपछि युरो जित्ने अभियानमा छ । यो सम्भव भए एमबाप्पेको नाम फुटबलका महान् खेलाडीको सूचीमा चढ्नेछ ।

काठमाडौँ — शुक्रबारदेखि युरो २०२४ जर्मनीमा सुरु हुँदै छ । शुक्रबार उद्घाटन खेलमा आयोजक राष्ट्र जर्मनी र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दैछन् । डिफेन्डिङ च्याम्पियन इटालीसँगै युरो २०२४ खेल्ने २४ देश विश्व फुटबलका बलिया टिम हुन् तर  यसपल्ट फ्रान्स र इंग्ल्यान्डलाई बलियो प्रत्याशीका रूपमा हेरिएको छ । 

युरो २०२४ मा चम्किएलान् फ्रान्सेली स्टार एमबाप्पे ?

फ्रान्सले पछिल्ला दुई विश्वकपको फाइनल लगातार खेलेको छ । यसले देखाउँछ, फ्रान्सेली टिम आफैंमा कति बलियो छ भनेर । त्यसमाथि फ्रान्स आफैंमा युरोपको वरीयतामा पहिलो स्थानको टिम हो । तय छ, फ्रान्स युरो २०२४ को उपाधिका लागि सबैभन्दा ठूलो प्रत्याशी हो । यही फ्रान्सको खेल भने एकै खेलाडीमा केन्द्रित हुन सक्नेछ । उनी हुन्, केलियन एमबाप्पे ।

विश्व फुटबलमा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोपछि सबैभन्दा ठूलो नाम त एमबाप्पे नै हो । ड्रिब्लिङ, तीव्र गति र अचूक फिनिसिङका लागि चिनिने एमबाप्पे फ्रान्सेली टिमकै लागि लयमा छन् । यसपल्ट उनी टिमको कप्तान हुन् ।

गत सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि ४४ गोल गरेका एमबाप्पेले अबको सिजन रियल म्याड्रिडका लागि खेल्दै छन् । फ्रान्स २४ वर्षपछि युरो जित्ने अभियानमा छ । यो सम्भव भए एमबाप्पेको नाम फुटबलका महान् खेलाडीको सूचीमा चढ्नेछ ।

प्रकाशित : जेष्ठ ३२, २०८१ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×