कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

एनआईसी एकेडेमीलाई फुटबल उपाधि

काठमाडौँ — एनआईसी एकेडेमीले दोस्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।

एनआईसी एकेडेमीलाई फुटबल उपाधि

चाबहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा चावहिल मैदानमा भएको फाइनलमा एनआईसीले विनायक स्कुललाई ३–० ले पराजित गर्‍यो । एनआईसीका अनिश जोशी, हरिसित परियार र प्रत्युश केसीले १–१ गोल गरे । विजेता एनआईसीले २० हजार र उपविजेता विनायकले १० हजार पुरस्कार प्राप्त गरे ।

काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा अनिश जोशी उत्कृष्ट खेलाडी, यसुन थापा थापा मगर उत्कृष्ट गोलरक्षक र गौरव खड्का उत्कृष्ट डिफेन्डर घोषित भए । उत्कृष्ट सबै एनआईसीका हुन् ।

विजेतालाई आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडा, वडा ७ कै पूर्वअध्यक्ष सानुकाजी शाक्यलगायतले पुरस्कृत गरे ।


प्रकाशित : जेष्ठ ३२, २०८१ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×