कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

फ्लोरिन विर्ट्ज : प्लेयर्स टु वाच(जर्मनी)

काठमाडौँ — जर्मनीमा शुक्रबारदेखि युरो २०२४ सुरु हुँदै छ । शुक्रबार उद्घाटन खेलमा आयोजक राष्ट्र जर्मनी र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दैछन् ।

फ्लोरिन विर्ट्ज : प्लेयर्स टु वाच(जर्मनी)

डिफेन्डिङ च्याम्पियन इटालीसँगै युरो २०२४ खेल्ने २४ देश विश्व फुटबलका बलिया टिम हुन् तर यसपल्ट फ्रान्स र इंग्ल्यान्डलाई बलियो प्रत्याशीका रूपमा हेरिएको छ । त्यसो त आयोजक राष्ट्र जर्मनीलाई पनि कम आँक्न भने मिल्दैन ।

फ्लोरिन विर्ट्ज (जर्मनी)

युरो २०२४ जर्मनीमा हुँदै छ भने आयोजक देशको सम्भावना कसरी नकार्न सकिन्छ र ? त्यसो त जर्मनी आफै विश्व फुटबलको महाशक्ति हो । तर पछिल्लो समय यो छविलाई टोलीले न्याय गर्न सकेको छैन । विश्वकपका पछिल्ला दुई संस्करणमा जर्मनी पहिलो चरणबाटै बाहिरिएको थियो । त्यसैले ‘जर्मनी त्यस्तो रहेन, जस्तो पहिलो थियो’ भन्न थालिएको छ ।

तर यो टिम ती सबै आलोचनालाई जवाफ दिन पनि सक्षम छ र यसका लागि निर्णायक भूमिका खेल्नुपर्ने खेलाडी हुन्, फ्लोरिन विर्ट्ज । यसको आधार हो, बायर लेभरकुजनका लागि उनको पूरा सिजन दमदार प्रदर्शन । लेभरकुजनले गत सिजन जर्मन बुन्डेसलिगा मात्र जितेन, जर्मन कप पनि उचाल्यो ।

युरोपा लिगको फाइनलमा पनि पुग्यो । त्यसमा विर्ट्ज निर्णायक खेलाडी रहे । उनको खेलको सबैभन्दा ठूलो विशेषता नै अवसर सिर्जना गर्नु हो । उनको फुटबल प्रतिभा आफैंमा दुर्लभ मानिन्छ ।

प्रकाशित : जेष्ठ ३२, २०८१ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×