कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

यू–१५ विद्यालय खेलकुद : बागमती प्रदेश च्याम्पियन 

पोखरा — गण्डकी प्रदेशको पोखरामा सम्पन्न यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ । ११ स्वर्ण जित्दै बागमती च्याम्पियन बनेको हो । बागमतीले ६ रजत र ७ कास्य पदक जित्यो । 

यू–१५ विद्यालय खेलकुद : बागमती प्रदेश च्याम्पियन 

लुम्बिनी प्रदेश ६ स्वर्ण जित्दै दोस्रो भयो । लुम्बिनीले ३ रजत र १० कास्य जित्यो । गण्डकी ५ स्वर्ण, ८ रजत र ७ कास्य जित्दै तेस्रो र कर्णाली ५ स्वर्ण, दुई रजत र दुई कास्य जित्दै चौंथो भयो । कोशीले एक स्वर्ण, ७ रजत, ८ कास्य, सुदूरपश्चिमले एक स्वर्ण, दुई रजत र ५ कास्य र मधेश प्रदेशले एक स्वर्ण, दुई रजत र एक कास्य पदक हासिल गर्‍यो ।

बास्केटबलतर्फ दुवै स्वर्ण पदक बागमतीले जितेको छ । छात्रतर्फ गण्डकीलाई ३७–३१ र छात्रातर्फ पनि गण्डकीलाई १३–८ ले पराजित गर्दै स्वर्ण पदक जितेको हो । फाइलनमा पराजित गण्डकीले दुई कास्य पदक जितेको छ । छात्रतर्फ कोशी प्रदेश र छात्रातर्फ कर्णालीले रजत पदक जिते ।

टेबल टेनिसमा बागमतीले १० पदक जित्यो । बागमतीले ५ स्वर्णसहित ३ रजत र २ कास्य पदक जित्न सफल भयो । छात्र, छात्रा सिंगल्स, डबल्स र मिक्स डबल्सका ५ इभेन्टमा बागमतीले स्वर्ण पदक जितेको हो । दोस्रो बनेको कोशीले २ रजत र २ कास्य प्राप्त गर्‍यो । ४ कास्य प्राप्त गरेको लुम्बिनी तेस्रो भयो । आयोजक गण्डकीले २ कास्य जितेको हो ।

रग्बीमा कर्णाली प्रदेशले दोहोरो स्वर्ण जितेको छ । छात्रतर्फ फाइनलमा कोशी प्रदेश र छात्रातर्फ बागमती प्रदेशलाई पराजित गर्दै कर्णालीले स्वर्ण पदक जितेको हो । छात्रतर्फ कोशी र छात्रातर्फ बामतीले एक–एक रजत पदकमा चित्त बुझाए । मधेश र सुदूरपश्चिमले एकएक कास्य पदक जिते ।

एथलेटिक्सतर्फ गण्डकी प्रदेशले सर्वाधिक पदक जित्यो । गण्डकीले ४ स्वर्ण, ३ रजत र २ कास्य पदक जित्न सफल भयो । छात्र तथा छात्रा २ सय मिटर दौड र ४ सय मिटर रिले, १ सय मिटर छात्रा दौडमा गण्डकीले कास्य पदक जितेको हो ।

लुम्बिनीले ३ स्वर्ण, २ रजत र ६ कास्य, कर्णालीले ३ स्वर्णसहित २ रजत र १ कास्य पदक जित्न सफल भए । मधेश, कोशी र सुदूरपश्चिमले समान १ स्वर्ण, २ रजत र १ कास्य पदक हासिल गरे । बागमतीले १ स्वर्ण १ रजत र २ कास्य पदक जित्यो ।

ब्याडमिन्टनमा पनि बागमती पहिलो बनेको छ । दुई स्वर्ण र तीन कास्यसहित पहिलो बनेको हो । दुई स्वर्णसहित लुम्बिनी दोस्रो, एक स्वर्ण चार रजत र दुई कास्यसहित गण्डकी तेस्रो बन्यो । कोशी प्रदेशले दुई रजत र चार पदक जिते । बुद्धिचालमा लुम्बिनी र बागमती प्रदेशले एक–एक स्वर्ण पदक जितेका छन् । छात्रतर्फ लुम्बिनी र छात्रातर्फ बागमतीले समान एक स्वर्ण एक रजत जिते । दुवै कास्य पदक सुदूरपश्चिमले जित्न सफल भयो ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा बुधबारदेखि प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा बास्केटबल, टेबल टेनिस, बुद्धिचाल, ब्याडमिन्टन, रग्बी र एथलेटिक्स गरी ६ खेल समावेश थिए ।

प्रकाशित : जेष्ठ ३१, २०८१ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×