कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

ट्वान्टी-२० विश्वकप : अमेरिकालाई हराउँदै भारत सुपर एटमा

काठमाडौँ — सूर्यकुमार यादवको अर्धशतक तथा अर्शदीप सिंहको चार विकेटमा भारतले ट्वान्टी-२० विश्वकपमा बुधबार अमेरिकालाई सात विकेटले पराजित गरेको छ ।

ट्वान्टी-२० विश्वकप : अमेरिकालाई हराउँदै भारत सुपर एटमा

जितसँगै भारत सुपर–एटमा समेत प्रवेश गरेको छ । समूह ‘ए’ को खेलमा जितका लागि भारतले १ सय ११ रनको लक्ष्य पाएको थियो ।

भारतको सुरुवात भने राम्रो रहेन् । एक समय दुई विकेट गुमाएर १५ रनको स्थितिमा रहेको भारतले ४४ रन बनाउँदासम्म तीन विकेट गुमाएको थियो । तर त्यसपछि सूर्यकुमारले ५० रन बनाए र ३१ रन बनाएका शिवम दुवेसँग चौथो विकेटका लागि निर्णायक ६७ रनको नटआउट साझेदारी गरे ।

तेस्रो खेलमा भारतले लगातार तेस्रो जित निकाल्दा १० बलको खेल बाँकी थियो । यसअघि अर्शदीपले नौ रन मात्र खर्चेर अमेरिकालाई सस्तैमा समेटेका थिए । उनी नै ‘प्लेयर अफ द म्याच’ रहे ।

प्रकाशित : जेष्ठ ३१, २०८१ ०६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×