कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

मेरा लागि सय खेलभन्दा महत्त्वपूर्ण नेपालको जर्सी लगाउन पाउनु हो : कप्तान चेम्जोङ

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले आफ्नो लागि सय खेल भन्दा नेपालको जर्सी लगाउन पाउनु बढी गर्वको कुरा भएको बताएका छन् ।

मेरा लागि सय खेलभन्दा महत्त्वपूर्ण नेपालको जर्सी लगाउन पाउनु हो : कप्तान चेम्जोङ

फिफा विश्वकप-२०२६ र एएफसी एसियन कप-२०२७ को संयुक्त छनोटअन्तर्गतका खेल खेलिसकेर बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै चेम्जोङले साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मत बिन फहाद रंगशालामा गत मंगलबार यमनविरुद्ध खेल्दै राष्ट्रिय टिमबाट आफ्नो नेपालका लागि सयौँ खेल पूरा गरेका हुन् ।

खेलमा प्रदर्शन तलमाथि भइरहने भन्दै उनले सय खेल खेल्नुभन्दा पनि नेपालको जर्सी लगाउनु नै आफ्ना लागि गर्वको कुरा भएको बताए । उनले आफ्नो स्वास्थ्य राम्रो हुन्जेलसम्म टिमबाट खेलिरहने बताए ।

‘खेलाडीहरुको खेल तलमाथि भइरहन्छ नै । मैले सय गेम खेल्नु भन्दा पनि नेपालको जर्सी लगाउन पाउनु नै मेरो लागि बढी गर्वको कुरा हो । सय गेम आफ्नो ठाउँमा छ, तर नेपालको जर्सी लगाउन पाउनु नै मेरो लागि ठूलो कुरा हो । स्वास्थ्य राम्रो हुन्जेलसम्म खेल्नेछु । सानो सानो कमजोरीले गर्दा अन्तिम खेलमा बराबरी खेल्यौँ । नयाँ टिम छ, यो टिमले अब नयाँ बाटो कोर्नुपर्छ । ४ जना बाहेक सबै नयाँ छन्,’ उनले भने ।

त्यस्तै फुटबलर जिलेस्पीजंग कार्कीले डेब्यु गोल अविष्मरणीय रहेको र रणनीतिअनुसार खेल्दा गोल गर्न सफल भएको बताए । उनले आफूभन्दा बलिया टिमहरुसँग खेल्दा अनुभव बटुल्न पाएको बताए । ‘डेब्यु गोल अविष्मरणीय नै रहन्छ । रणनीतिअनुसार म्याचमा खेल्न सक्यौँ खुशी छु । दुवै बलिया टिम थिए । बलिया टिमसँग धेरै नै अनुभव लियौँ । बलिया टिमहरुसँग खेलिरहन पाए नेपाली फुटबल राम्रो बाटोमा जानेछ,’ उनले भने ।

त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले नेपाली नयाँ टोलीले राम्रो खेल खेलेको बताए । उनले यमनसँगको अन्तिम गेममा अन्तिम मिनेटमा केही कारणले गोल खान पुग्दा बराबरी हुन पुगेको बताए । ‘हामीले राम्रो खेल खेलेका छौँ । यमनसँगको अन्तिम गेममा अन्तिम मिनेटमा केही कारणले गोल खान पुग्यौँ । बराबरीमा बस्नुपरेको छ । सबैले राम्रो खेलेका छन्,’ उनले भने ।

लामो समयदेखि हार बेहोर्दै आएको नेपाली फुटबल टोलीले यमनसँग २-२ को बराबरी खेलेको थियो ।

प्रकाशित : जेष्ठ ३१, २०८१ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×