कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

‘नेपाललाई भन्दा श्रीलंकालाई दबाब छ’

लडरहिल, फ्लोरिडा — ट्वान्टी–२० विश्वकपमा आमने सामने हुँदा नेपाललाई भन्दा श्रीलंकालाई दबाब हुने कप्तान रोहित पौडेलले बताएका छन् । श्रीलंकाविरुद्ध मंगलबार (नेपालमा बुधबार बिहान) हुने खेल अगाडि रोहितले यस्तो भनाइ राखेका हुन् ।

‘नेपाललाई भन्दा श्रीलंकालाई दबाब छ’

श्रीलंका पहिलो दुई खेलमा क्रमशः दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिने स्थितिमा छ । नेपाल पनि पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो । एक साताको विश्रामपछि नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकाको सामना गर्न लागेको हो ।


सुपर ‘एट’ मा प्रवेशको समीकरणको हिसाबमा दुवै टोलीलाई हारको छुट छैन । श्रीलंकालाई नेपाल र नेदरल्यान्ड्सविरुद्धको बाँकी दुई खेलको विजय पनि दोस्रो चरणमा पुग्न पर्याप्त नहुन सक्छ ।


प्रकाशित : जेष्ठ २९, २०८१ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x