कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

जगतमन्दिर र विनायक क्वाटरफाइनलमा

काठमाडौँ — जगतमन्दिर दोस्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

जगतमन्दिरले पुष्पलाललाई ४–० गोलले पराजित गर्‍यो । जगतका म्यान अफ द म्याच सन्देश सिम्खडाले २, सुविन गिरी र सिमोन खड्काले १–१ गोल गरे ।

काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा विद्यासदन, विनायक र विनायक सिद्धि पनि क्वाटरफाइनलमा पुगेका छन् ।

विद्यासदनले लुम्बिनी एकेडेमीलाई २–० गोलले हरायो । समीर क्षेत्री र म्यान अफ द म्याच विकेश मुखियाले १–१ गोल गरे । विनायकले ओम स्कुललाई ४–१ गोलले पराजित गर्दा म्यान अफ द म्याच जेसङ बमजनले ह्याट्रिक र सविन राईले १ गोल गरे ।

चावहिल मैदानमा विनायक सिद्धिले पशुपति ‘ए’ माथि १–० को जित दर्ता गर्‍यो । समीर थापाले विजयी गोल गरे ।


प्रकाशित : जेष्ठ २९, २०८१ २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x