कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

पारा ओलम्पिकको नेतृत्वमा सूर्यकुमारी निर्वाचित

काठमाडौँ — नेपाल पारा ओलम्पिक कमिटीको साधारणसभाले सूर्यकुमारी गुरुङको अध्यक्षतामा केन्द्रीय कार्यसमिति चुनेको छ ।

पारा ओलम्पिकको नेतृत्वमा सूर्यकुमारी निर्वाचित

१५ सदस्यीय केन्द्रीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा गोमादेवी पौडेल, उपाध्यक्षमा उपेन्द्र श्रेष्ठ र देवी आचार्य, महासचिवमा प्रकाश चिलुवाल, सचिवमा भरतबहादुर कार्की र कोषाध्यक्षमा ढुण्डीराज चालिसे चुनिए ।

सदस्यमा कमला दाहाल, वीरुकमल श्रेष्ठ, डिल्लीबहादुर विष्ट, शोभा विष्ट, रवीन्द्र खत्री, समिताकुमारी दुलाल र नहेन्द्र निरौला चयन भए ।

अघिल्लो कार्यसमितिका अध्यक्ष दीपक कोइरालालाई मानार्थ अध्यक्षमा चयन गरेको छ ।



प्रकाशित : जेष्ठ १६, २०८१ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x