कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

फ्रेन्च ओपन : जोकोभिच सजिलै दोस्रो चरणमा

काठमाडौँ — नोभाक जोकोभचिले फ्रेन्च ओपनको उपाधि रक्षा गर्ने क्रममा मंगलबार पिएरे–ह्युगोसलाई सजिलै पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् । फ्रान्सेली खेलाडीमाथि ३७ वर्षीय सर्बियाली खेलाडी ६–४, ७–६ (७/३) र ६–४ ले विजयी रहे ।

फ्रेन्च ओपन : जोकोभिच सजिलै दोस्रो चरणमा

कीर्तिमानी २४ ग्रान्ड स्लाम जितिसकेका जोकोभिच यस वर्ष आफ्नो लय समाट्न संघर्षरत छन् र यसपल्ट रोलान्ड ग्यारोसमा उनलाई सजिलो नहुने विश्वास गरिएको छ । महिलातर्फ डिफेन्डिङ च्याम्पियन आरयना सबलेन्काले किशोर प्रतिद्वन्द्वी एरिका एन्डरेभालाई ६–१ र ६–२ ले हराइन् । यस्तै एलेना रेबकिनाले बेल्जियमकी ग्रिट मिननेनलाई ६–२ र ६–३ ले पराजित गरिन् ।

प्रकाशित : जेष्ठ १६, २०८१ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x