कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

गर्ल्सतर्फ बलर्स एकेडेमी क्वाटरफाइनलमा

काठमाडौँ — बलर्स एकेडेमी एस कप प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गर्ल्समा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । बलर्ससहित ड्रिम अन, टिम दिब्य, जेभियर इन्टरनेसनल, आईएसए, इन्साइट भिजन, रेबिट बलर्स र टिम ग्याबा पनि क्वाटरफाइनलमा पुगे ।

गर्ल्सतर्फ बलर्स एकेडेमी क्वाटरफाइनलमा

ब्वाइजमा पीएलएक्स, टिम दिब्य, टिम गैडा रिन्चेन, टिम नीरज, ग्रिनफिल्ड, केसीएसएस, काभ्रे बास्केटबल, टाइम्स ‘ए’, इम्ली ग्याङ, रातो बंगला, एडुक्रोप र इन्साइट भिजन प्रिक्वाटरफाइनलमा पुग्न सफल भए ।

प्रतियोगिताको ब्वाइजमा ३२ तथा गर्ल्समा १२ गरी ४४ टिमको सहभागी छन् । दुवै समूहको विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई गिफ्ट भौचर प्रदान गरिने छ । फाइनल शुक्रबार हुनेछ ।


प्रकाशित : जेष्ठ १६, २०८१ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x