२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

फ्रिडम र चाबहिल फाइनलमा भिड्ने

काठमाडौँ — फ्रिडम ब्रदर्स युनाइटेड ‘ए’ र चाबहिल स्पोर्ट्स क्लब ‘बी’ तेस्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको सोमबार फाइनल पुगेका छन् ।

फ्रिडम र चाबहिल फाइनलमा भिड्ने

काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा फ्रिडमले चाबहिल ‘ए’ लाई ५–१ गोलले हरायो । फ्रिडमका विकर्ण श्रेष्ठले २, सरोज थापा, राजकुमार केसी र कमल विष्टले१–१ गोल गरे । चाबहिलका निमा लामाले एक गोल फर्काए । फ्रिडमका राजकुमार घिसिङ म्यान अफ द म्याच घोषित भए ।

अर्को सेमिफाइनलमा चावहिल ‘बी’ ले फ्रिडम ‘बी’ लाई टाइब्रकेरमा ३–२ गोलले हरायो । निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि खेलको निर्णय सोझै पेनाल्टी शुटआउटबाट गरियो । चाबहिल ‘बी’ का गोलरक्षक पञ्चनारायण महर्जन म्यान अफ द म्याच चुनिए ।

फाइनल मंगलबार हुनेछ । विजेताले १ लाख र उपविजेताले ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । विभिन्न ४ विधाका उत्कृष्ट खेलाडीलाई नगदबाट पुरस्कृत हुनेछन् ।

प्रकाशित : जेष्ठ १४, २०८१ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?