२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

क्यानडाद्वारा नेपाललाई ठूलो लक्ष्य

डालास, अमेरिका — क्यानडाले आईसीसी पुरुष ट्वान्टी २० विश्वकप क्रिकेटको पहिलो अभ्यास खेलमा नेपाललाई १ सय ८४ रनको लक्ष्य दिएको छ । नेपालले टस जितेपछि ब्याटिङमा आएको क्यानडाले डालासको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ८३ रन बनायो ।

क्यानडाद्वारा नेपाललाई ठूलो लक्ष्य

करण केसीले फालेको अन्तिम ओभरमा २१ रन जोडेर क्यानडाले बलियो स्कोर बनाएको हो । रविन्द्रपाल सिंहले अन्तिम ओभरमा दुई छक्का प्रहार गरे । उनी १७ बलमा १ चौका र ४ छक्कासहित ४१ र डिलोन हेलिगर ७ बलमा २ चौका प्रहार गरि १३ रन बनाई अविजित रहे ।

निकोलास कृतनले क्यानडाले सर्वाधिक ५२ रन बनाए । उनले ३९ बल खेली ४ चौका र २ छक्का प्रहार गरे । एरोन जोनसन १०, प्रगत सिंह १३ रनमा आउट भए । नेपालबाट अविनाश बोहराले २ विकेट लिए । उनले ३ ओभरमा २७ रन खर्चे । करण केसी, सोमपाल कामी, गुलशन झा, ललित राजवंशी र सागर ढकालले १–१ विकेट लिए ।

खेल ‘क्लोज डोर’ खेलाइएकाले दर्शकहरु रंगशालामा गएर खेल हेर्न पाएका थिएनन् । ठुलो संख्यामा आएका दर्शक खेल हेर्न नपाएपछि रंगशालाको ढोकाबाट निरास भएर फर्किएका थिए । सोमबार अमेरिकामा सार्वजनिक विदा रहेकाले दर्शकहरु ठूलो संख्यामा आए पनि आयोजकले उनीहरुलाई रंगशाला भित्र छिर्न दिएको थिएन ।

प्रकाशित : जेष्ठ १४, २०८१ २३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?