२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

जर्मन कपसँगै लेभरकुजन घरमा अपराजित

काठमाडौँ — बायर लेभरकुजनले पूरा सिजन घरेलु फुटबलमा अपराजित रहने क्रममा शनिबार काइजरस्लर्टनलाई १–० ले पराजित गरेर जर्मनकपको उपाधि जितेको छ । जर्मन बुन्डेसलिगा पनि जितेको बायरले यससँगै कप डबलको उपाधि पनि आत्मसात् गरेको छ ।

जर्मन कपसँगै लेभरकुजन घरमा अपराजित

ज्याभी एलोन्सोको लेभरकुजनका लागि ग्रायन्ट जाकाले गरेको एक मात्र गोल निर्णायक रह्यो । उनले दोस्रो डिजिभनको प्रतिद्वन्द्वीविरुद्ध १६ औं मिनेटमा गोल गरेका हुन् ।

मध्य साता मात्रै लेभरकुजन युरोपाकपको फाइनलमा भने एटलान्टासँग पराजित भएको थियो । यो सिजन लेभरकुजन पराजित भएको यो नै एक मात्र खेल रह्यो ।

प्रकाशित : जेष्ठ १३, २०८१ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x