२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

वडाध्यक्ष कप फुटबल आजदेखि

काठमाडौँ — काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा तेस्रो वडाध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता बिहीबारदेखि हुनेछ । प्रतियोगितामा २० पुरुष टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडाले जनाएका छन् । 

४० वर्षमाथि उमेर समूहको सिक्स ए साइड स्वरुपको प्रतियोगिता विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट डिफेन्डर, गोलरक्षक, स्ट्राइकर र मिडफिल्डरलाई जनही ५ हजार प्रदान गरिनेछ ।

चारुमति युवा परिवार र चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिता गर्न करिब ४ लाख ९० हजार रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक अजव श्रेष्ठले जनाए । खेलहरू चावहिल फुटबल मैदानमा हुनेछ ।

प्रकाशित : जेष्ठ १०, २०८१ ०६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?