२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

एनएसकेए कराते हुने

काठमाडौँ — नेपाल सोतोकान कराते संघको आयोजनामा १५ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शनिबारदेखि सुरु हुँदै छ । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र भुटान गरी ६ राष्ट्रको सहभागिता रहने आयोजक संघका महासचिव तथा प्रमुख प्रशिक्षक श्याम शेर्पाले बुधबार पत्रकार सम्मेलनमा बताए ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने दुईदिने प्रतियोगितामा ४० स्वर्णका लागि प्रतिस्पर्धा हुने संघका अध्यक्ष विष्णुबहादुर कार्कीले जनाए । प्रतियोगिताअघि राखेप कभर्डहलमै बिहीबार र शुक्रबार प्रथम वाग्मती प्रदेश खुला कराते प्रतियोगिता हुनेछ । प्रतियोगिता गर्न करिब ३२ लाख रुपैयँ खर्च हुनेछ ।

प्रकाशित : जेष्ठ १०, २०८१ ०६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?