३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

मिल्स टी–२० क्रिकेट : होराइजन र वाईआरसीसीबीच उपाधि भिडन्त

विराटनगर — तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि विराटनगरका दुई टिम होराइजन र वाईआरसीसी क्रिकेट क्लब प्रतिष्पर्धा गर्ने भएका छन् ।

मिल्स टी–२० क्रिकेट : होराइजन र वाईआरसीसीबीच उपाधि भिडन्त

आइतबार विराटनगर जुटमिलको खेलमैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा भारत विहारको कटिहार क्रिकेट क्लबलाई ४ विकेटले हराउँदै होराइजनले उपाधि प्रतिष्पर्धाका लागि वाईआरसीसीसँगको भेट पक्का गरेको हो ।

यसअघि वाईआरसीसीले विराटनगरकै एनविएससी क्रिकेट क्लबलाई १ सय १६ रनले हराउँदै फाइनल यात्रा गरेको थियो । पहिला ब्याटिङ गर्दै कटिहारले दिएको १ सय ७४ रनको लक्ष्य होराइजनले ६ विकेटको क्षतिमा पार गरेको थियो । होराइजनका ओपनर सन्तोष कार्कीले आक्रमक ब्याटिङ गर्दै ५३ बलमा अविजित ७५ रन बनाए ।

उनले ७ छक्का र ४ चौका हिर्काएका उनी प्लेर अफ द म्याच घोषित भए । दिपेश कँडेलले १५ बलमा ३० रनको योगदान दिए । उनले २ छक्का र ३ चौका हिर्काए । सोनु अन्सारी र धिरेन शाक्यले समान १८ रनको योगदान गरे । कटिहारका भानु आनन्द र अशोक कुमारले समान २–२ विकेट लिए । अजित राजले १ विकेट लिए ।

यसअघि कटिहारले १९ ओभरमा सबै विकेट गुमाइ १ सय ७३ रन बनाउँदा करण कुमारले ३८ बलमा ७४ रन बनाए । उनले ८ छक्का र ४ चौका प्रहार गरे । सरोजले २४ बलमा ३३ रन, अन्सुनी कुमारले २२ रनको योगदान दिए ।

होराइजनका फिरोसजन अन्सारी र श्रवर्ण किस्कुले समान ३ विकेट लिदा अभिषेक तिम्सिनाले २ विकेट र सन्तोष कार्कीले १ विकेट आफनो नाममा दर्ता गराएका थिए । प्रतियागिताको फाइनल खेल मंगलबार हुने छ ।

प्रकाशित : जेष्ठ ६, २०८१ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्मा हाजिर गरेर टाप कस्ने, बैठकमा पूर्ण समय नबस्ने सांसदहरूबारे तपाईंको के टिप्पणी छ?