कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

पेमा एफसी सेमिफाइनलमा

विराटनगर — विराटनगरको पेमा फुटबल क्लबले फियर फुटबल क्लब धरानलाई २–० गोलले हराएर चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।

विराटनगर जुट मिलको मैदनमा शनिबार पेमाका लागि दुवै गोल बिजु भुजेलले दोस्रो हाफमा गरे । उनी म्यान अफ द म्याच भए ।

पेमा क्लबले फाइनल पुग्न अब कोशी प्रदेश प्रहरी कार्यालय रानी र गोलबजार स्पोर्टिङ क्लब सिरहाको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

बिजुले ५५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले धरानका गोलरक्षक प्रभात राई पोस्टभन्दा अघि बढेको मौका छोप्दै ३० यार्डवाट दोस्रो बार च्यापेर गोल गरेका थिए ।

एक गोलको अग्रता लिएको सात मिनेट नबित्दै बिजुले दोस्रो गोल थपे । कमल खवासको कर्नर भलीमा उनले व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरे । दुई गोलले पछि परेको धराने टिमले खेलको अन्तिम समयमा सुधारिएको खेल पस्के पनि फिनिसिङमा चुक्दा अवसर सदुपयोग गर्न सकेन ।

निर्मल लिम्बूले ६५ औं मिनेटमा गरेको लक्षित प्रहार बाहिरियो । धरानका कप्तान सुवास तामाङले बक्सभित्रबाट गरेको प्रहार विराटनगरका गोलकिपर प्रमोज गच्छदारले बचाए । निश्चल लिम्बूले ७० औं मिनेटमा ३० यार्डबाट गरेको प्रहार बाहिरिँदा गोल फर्काउने खेर गयो । आइतबार टीडब्लू विराटनगर र कन्काइ स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : वैशाख ९, २०८१ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?