२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

लेभरकुसेन बुन्डेसलिगा च्याम्पियन

काठमाडौँ — बायर लेभरकुसेनले आइतबार वेर्डर ब्रेमेनलाई ५–० ले पराजित गरी १ सय २० वर्षमा पहिलो पटक बुन्डेसलिगाको उपाधि जितेको छ । जर्मन लिग फुटबलमा बार्यन म्युनिखले ११ वर्ष यता एकलौटी जित्दै उपाधिको यात्रालाई लेभरकुसेनले तोडेको छ । 

लेभरकुसेन बुन्डेसलिगा च्याम्पियन

विगतमा ५ पटक दोस्रो स्थानमा चित्त बुझाएपछि लेभरकुसेन आफ्नो पहिलो लिग उपाधि जित्न सफल भएको हो । लेभरकुसेनल अहिलेसम्म अपराजित रही उपाधि उचालेको हो । टोलीले २९ मध्येको २५ खेलमा विजय हात पारेको छ भने ४ खेल बराबरीमा टुंग्याएको छ । यस सिजनका ४३ खेलमा अपराजित रहेको लेभरकुसेन अर्को दुई उपाधिको दौडमा छ ।

जाभी अलोन्सोको प्रशिक्षणमा रहेको लेभरकुसेनले भिक्टोर बोनिफेसको पेनाल्टी गोलमा अग्रता लियोपछि खेलमा पूरा नियन्त्रण बनाएको थियो । त्यसमा फ्लोरिएन विर्टजले ह्याट्रिक गोल गरेका थिए भने ग्राइन्ट साखाले अर्को गोल गरेका थिए ।

खेल समाप्त हुन १० मिनेट बाँकी रहँदा लेभरकुसेनका केही समर्थक लिग उपाधिको खुसी मनाउन मैदान भित्रै छिरेका थिए । लेभरकुसेनको २९ खेलमा ७९ अंक छ । ५ खेलमात्र बाँकी रहेको अवस्थामा टोलीले बायर्नलाई १६ अंकले पछाडि पारेको हो ।

प्रकाशित : वैशाख ३, २०८१ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धावनमार्गको पिच उप्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार केहीबेर विमान उडान र अवतरण नै रोक्नुपर्ने अवस्था आउनुलाई के भन्नुहुन्छ ?