कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

लुम्बिनी खुकुरी क्लब सुपर लिगको फाइनलमा

सन्जु पौडेल

तिलोत्तमा — लुम्बिनी खुकुरी क्लब भैरहवामा जारी ड्रिम युनिक रुपन्देही सुपर लिगको आइतबारको खेलबाट फाइनलमा प्रवेश गरेको छ । लुम्बिनी खुकुरी क्लबले मेलबोर्न क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको हो।

लुम्बिनी खुकुरी क्लब सुपर लिगको फाइनलमा

फाइनलमा उसले तिरुपती क्रिकेट क्लबसंगको भिडन्त सुनिश्चित गरेको हो । टस जितेर मेलबोर्नलाई ब्याटिङको निम्तो दिएको खुकुरीले १५.२ ओभरमा सहजै ८५ रन बनाउँदै विजयी भयो। ब्याटिङमा खुकुरीको लागि शाहब आलमले ४४ र सहजाद आलमले १० रन बनाएका थिए।

मेलबोर्नकोतर्फ बाट बलिङमा रमेश कुमार कुर्मीले ३, कृष्ण पराजुलीले २ र रोशन लाल गुप्ताले १ विकेट लिएका थिए। पहिले ब्याटिङ गरेको मेलबोर्नले निर्धारित ५० ओभरमध्ये २६.१ मा अल आउट हुँदै मात्र ८२ रन बनाएको थियो। मेलबोर्नकोतर्फ बाट ब्याटिङमा रोशन लाल गुप्ताले २६, समीर अलीले १२, रोशन थामीले ११ र आदित्य यादबले १० रन बनाए ।

बलिङमा खुकुरीका खेलाडी नेपाली राष्ट्रिय टोलीका शाहब आलमले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएका थिए । अजय कुमार चौहानले ३, धन बहादुर शाही र सन्तोष यादवले १/१ विकेट लिए ।उक्त खेलको प्लेयर अफ दि म्याच खुकुरीकातर्फ बाट अलराउन्ड प्रदर्शन गरेका शाहब आलम घोषित भए।

सोमबारको खेल ग्रुप 'ए' अन्तर्गत न्यु होराइजन क्रिकेट क्लब बुटवल र नेपथ्य तिलोत्तमा मणिग्राम बीच हुने छ।

प्रकाशित : वैशाख २, २०८१ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?