२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

विराट गोल्डकप फुटबल : सांग्रीला मोरङ फाइनलमा

विनोद भण्डारी

विराटनगर — छैटौं संस्करणको विजेता एपीएफलाई सडनडेथमा ४–३ गोलले हराउँदै घरेलु टिम सांग्रीला फुटबल क्लब मोरङ आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

विराट गोल्डकप फुटबल : सांग्रीला मोरङ फाइनलमा

बुधबार राति सहिद मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटसहित १ सय २० मिनेटको खेलमा हारजितको टुंगो नलागेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि नतिजा सडनडेथबाट निकालिएको थियो । सडनडेथमा सांग्रीलाका आशीष चापागाईं, अभिशेक लिम्बु, उमेश कार्की र किरण राईले गोल गर्दा विदेशी खेलाडी एनकेट र सागर तिरुवाको प्रहारलाई एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले रोकेका थिए ।

एपीएफका अनिश महर्जन, सुमन श्रेष्ठ र विश्वास उदासको प्रहारमात्र गोलमा परिणत भयो । एपीएफका दिपेश धिमाल र कुलदीप कार्कीको प्रहार सांग्रीलाका गोलकिपर विशाल सुनारले रोक्दै टिमलाई उपाधि यात्रा गराए । उनी प्लेयर अफ द म्याच घोषित हुँदै ११ हजार रुपैयाँ पुरस्कारबाट पुरस्कृत भए ।

एपीएफले इटहरी गोल्डकप च्याम्पियन चर्च ब्वाईज युनाइटेड काठमाडौंलाई २–० गोलले र सांग्रीलाले भुटानको आरटिसिएफसी ३–२ गोलले हराउँदै सेमिफाइनल भेट गरेका थिए ।

सांग्रीलाले उपाधिको लागि बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्र र पाहुना टोली सिक्किम ड्रागन भारतबीचको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित : चैत्र २१, २०८० २३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?