कीर्तिमान पर्वतारोही लामाको बिदाइ

काठमाडौँ — नेपाल स्की संघले सगरमाथा आरोहणको गर्न लागेकी कीर्तिमानी पर्वतारोही फुन्जु लामाको सफलताको कामना गर्दै बिदाइ गरेको छ । 

कीर्तिमान पर्वतारोही लामाको बिदाइ

स्की संघका अध्यक्षसमेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार आयोजित विशेष कार्यक्रमबीच लामाको बिदाइ गरे । त्यस अवसरमा उनलाई स्की संघ तथा स्नो बोर्ड संघ (फिस) को झन्डा पनि हस्तान्तरण गरिएको थियो ।

विश्व खेलकुदमा स्कीसम्बन्धी खेल सुरु भएको सय वर्ष पुगेको अवसरमा यी दुई संस्थानको झन्डासहित फुन्जुले सगरमाथा आरोहण गर्न लागेकी हुन् ।

यसअघि पनि सगरमाथाको सफलतापूर्वक आरोहण गरिसकेकी फुन्जले कीर्तिमान समयमा त्यस आरोहणलाई पूरा गरेकी थिइन् ।

बिदाइ कार्यक्रममा नेपाल ओलम्पिक संघका महासचिव निलेन्द्रराज श्रेष्ठसँगै स्की संघका पदाधिकारीको उपस्थिति थियो ।

प्रकाशित : चैत्र २१, २०८० १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?