कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

गुजरातमा नेपालको दोस्रो जित

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा लगातार दोस्रो विजय हात पारेको छ । एसिया कप छनोट तयारीमा भारत भ्रमणमा रहेको नेपालले गुजरातको भापीमा मंगलबार बरोदालाई २७ रनले हरायो ।

गुजरातमा नेपालको दोस्रो जित

टस हारेपछि ब्याटिङ निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ५६ रन बनायो । नेपाली टोली १० ओभरमा ६८–३ र १४ ओभरमा ८५–५ को अवस्थामा थियो । नेपालले अन्तिम ६ ओभरमा ७१ रन जोडेर स्कोर बलियो बनाएको थियो ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख समान ९ रनमा आउट भए । कुशलले १२ र आसिफले ११ बल खेलेका थिए । तीन चौका प्रहार गरेका कप्तान रोहित पौडेल १८, अनिल साहले २७ बलमा २५ र गुलशन झाले १४ बलमा १३ रन जोडेका थिए । सन्दीप जोराले १८ बलमा २९ रन बनाए । रोहित र सन्दीप दुवै रनआउट भए ।

कुशल मल्लले नेपालबाट सर्वाधिक अविजित ४० रन बनाए । इनिङ्सको अन्तिम बलमा चौका प्रहार गरेका कुशलले २५ बल खेले । दीपेन्द्रसिंह ऐरी ५ रनमा आउट भए । बरोदाबाट बाबा खानले ४ ओभरमा २३ रन खर्चेर २ र परिक्षित पटिदारले २८ रन खर्चेर १ विकेट लिए ।

जवाफमा बरोदा पूरा २० ओभर खेल्दै १ सय २९ रनमा अलआउट भयो । करणले इनिङ्सको दोस्रो बलमै किनितलाई पहिलो स्लिपमा अनिलबाट क्याचआउट गराएका थिए । पाँचौं ओभरमा २२–५ को स्थितिमा पुगेको टोलीले पहिलो १० ओभरमा ४६ रनमात्र बनाउन सकेको थियो ।

बरोदाबाट भानु पानिआले सर्वाधिक ३८ रन बनाए । उनले २५ बल खेल्नेक्रममा कुशल मल्ललाई लगातार २ र सोमपाल कामीलाई १ छक्का प्रहार गरे । बाबा खानले १८ बलमा २७ र विष्णु सोलान्कीले ३२ बलमा २५ रन बनाए । अविनाश बोहराले अन्तिम बलमा खानलाई एलबीडब्लू आउट गरेका थिए ।

प्लेयर अफ द म्याच करण बने । उनले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । सोमपालले ४ ओभरमा २० र अविनाशले ४ ओभरमा २२ रन खर्चेर २–२ विकेट लिए । गुलशन र दीपेन्द्रको नाममा १–१ विकेट रह्यो । दीपेन्द्रले २ ओभरमा १७ र गुलशनले ४ ओभरमा १८ रन खर्चेका थिए ।

नेपालले गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । डबल राउन्ड रोबिनमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले अप्रिल ७ मा फाइनल खेल्नेछन् ।

प्रकाशित : चैत्र २०, २०८० २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x