२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

भेट्रान गल्फर रामेको अग्रता

काठमाडौँ — भेट्रान प्रो रामे मगरले सूर्य नेपाल च्यालेन्ज गल्फको पहिलो दिन ३ अन्डर ६५ को स्कोरसहित अग्रता बनाएका छन् । रामेले एमेच्योर युवा गल्फर डिफेन्डिङ च्याम्पियन सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारे । २ अन्डर ६६ सहित सदभाव दोस्रो स्थानमा रहँदा १ अन्डर ६७ सहित भुवन नगरकोटी र धनबहादुर थापा संयुक्त तेस्रो स्थानमा थिए ।

भेट्रान गल्फर रामेको अग्रता

इभन पार ६८ खेलेका टंकबहादुर कार्की पाँचौं र १ ओभर ६९ सहित रवि खड्का छैटौं स्थानमा रहे ।

२ ओभर ७० को स्कोरमा सोमबार दिनको खेल सकेका रमेश अधिकारी, सूर्यप्रसाद शर्मा र दिनेश प्रजापतिले संयुक्त सातौं स्थान ओगटे । पशुपति शर्मा, जयराम श्रेष्ठ, दीपक मगर, तोरणविक्रम शाही, एमेच्योर गल्फरद्वय राहुल बिक र टासी छिरिङ ३ ओभर ७१ सहित संयुक्त १० औं स्थानमा रहे ।

उत्कृष्ट प्रदर्शन गर्नेक्रममा रामेले फ्रन्टनाइन ३ अन्डर ३१ मा पूरा गरे । उनले पहिलो, दोस्रो र चौथो होलमा बर्डी प्रहार गरे । ब्याकनाइनमा १०, १२ र १३ औं होलमा एक–एक शट बचाउँदा ६ अन्डरको स्थितिमा पुगिसकेका थिए । तर ४ पारको १६ औं होलमा डबल बोगी र १८ औं होलको बोगीले ब्याकनाइन इभन पार ३४ मा सकेका थिए ।

सदभावले फ्रन्ट नाइनमा ३ अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गरे । छैंटौं होलको बोगीविरुद्ध चार बर्डी प्रहार गरे । ब्याक नाइनमा तीन बर्डी र चार बोगी प्रहार गरे ।

सिजनको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन विजेता भुवनले चौथो र पाँचौ होलको बर्डीको मद्दतमा फ्रन्टनाइन २ अन्डर ३२ मा सके ।

यस सिजनको सूर्य नेपाल गल्फ टुरअन्तर्गत पाँचौं प्रतियोगिता चार दिन चल्नेछ । ७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ११ एमेच्योर खेलाडीको सहभागिता छ । कुल ५ लाख ७२ हजार २ सय ५० रुपैयाँ राशि रहेको प्रतियोगिता विजेताले १ लाख पुरस्कार जित्नेछन् ।


प्रकाशित : फाल्गुन २२, २०८० ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?