१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

साफ यू-१६ वुमेन्स च्याम्पियनसिप : भारतलाई हराएर बंगलादेश फाइनलमा

काठमाडौँ —  बंगलादेशले साफ यू–१६ वुमेन्स च्याम्पियनसिपमा मंगलबार भारतमाथि ३–१ को प्रभावशाली जित निकालेको छ । यससँगै बंगलादेशले प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ ।

साफ यू-१६ वुमेन्स च्याम्पियनसिप : भारतलाई हराएर बंगलादेश फाइनलमा

बंगलादेशको यो लगातार दोस्रो जित हो र उसको ६ अंक भएको छ । भारत तीन अंकमै सीमित रह्यो भने नेपालको पनि समान तीन अंकमै छ ।

राउन्ड रोबिनको आधारमा चलिरहेको चार टिम सम्मिलित प्रतियोगिताको फाइनल पुग्ने अर्को टिमको निर्णय बिहीबार नेपाल र भारतबीचको खेलले गर्नेछ । लगातार दुई खेलमा पराजित भुटानको भने चुनौती समाप्त भएको छ र उसको शून्य अंक छ । अन्तिम खेलमा बंगलादेश भुटानसँग भिड्ने छ ।

बंगलादेशसामु यो खेल जितेर समूह विजेता बन्ने अवसर हुनेछ । समूह चरणको समाप्तीमा शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा बंगलादेशका लागि अल्पी अख्तर, प्रीति र अरपिताले एक एक गोल गरे । भारतका लागि भने अनुष्का कुमारीले एक गोल फर्काइन् ।

प्रकाशित : फाल्गुन २२, २०८० १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?