१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कोशी प्रदेश प्रथम राष्ट्रिय टी–२० क्रिकेट : उद्घाटन खेलमा घरेलु टिम विजयी

विनोद भण्डारी

विराटनगर — कोशी प्रदेश प्रथम राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले विजयी सुरुआत गरेको छ । 

कोशी प्रदेश प्रथम राष्ट्रिय टी–२० क्रिकेट : उद्घाटन खेलमा घरेलु टिम विजयी

मोरङ क्रिकेट संघको आयोजनामा विराटनगर १९ बैजनाथपुरस्थित प्रस्तावित जीपी कोइराला क्रिकेट मैदानमा मंगलबार भएको उद्घाटन खेलमा घरेलु टोली कोशीले कर्णाली प्रदेशलाई ३८ रनले हराउँदै विजयी सुरुआत गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको कोशीले ८ विकेटको क्षतिमा १ सय ४० रनको मध्यम योगफल बनाउँदा कप्तान अंकित सुवेदीले ३६ बलमा १ छक्का र ६ चौका प्रहार गरी ४६ रनको पारी खेले । कोशीका लागि सुजन थपलियाले ३८ रन, समिर कार्कीले २० र दिपेश कँडेलले १४ रनको इनिङ खेल्दा कर्णालीका अनुज चनाराले २ तथा प्रकाश जोशी, युनिस ठकुरी, दिवान पुन, दिनेश अधिकारी र दिपेन्द्र रावतले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको कर्णाली १८ ओभर ३ बलमा अल आउट हुँदै १ सय २ रनमा सीमित रह्यो । उसका लागि हिमान्सु सुवेदीले सर्वाधिक ३४ रनको योगदान गरे । कर्णालीका लागि दिनेश अधिकारीले ११ रन र दिवान पुनले १० रनको पारी खेल्दा कोशीका म्याच दिपेश कँडेलले ३ विकेट लिए । २१ बल फ्यालेर २० रन खर्चेका उनी खेलको म्यान अफ द म्याच हुँदै पाँच हजार नगद थापे । कोशीकै श्रवण यादवको नाममा ३ र फिर्दोस अन्सारीको नाममा २ विकेट रह्यो ।

चैत ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता छ । प्रतियोगिता विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रकाशित : फाल्गुन २२, २०८० १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?