कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं जिल्ला राष्ट्रपति रनिङ सिल्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं जिल्लाले १४ औं वाग्मती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । विभिन्न १३ जिल्लाको सहभागितामा विभिन्न ६ खेल समावेश प्रतियोगितामा काठमाडौं ३१ स्वर्ण, १२ रजत र ९ कांस्य पदकसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।

काठमाडौं जिल्ला राष्ट्रपति रनिङ सिल्ड

काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिका अनुसार काठमाडौं लगातार तेस्रो पटक च्याम्पियन बन्दै रनिङ सिल्ड आफ्नो नाममा लेखाउन सफल भयो ।

प्रदेश खेलकुद विकास परिषद्, वाग्मती प्रदेशद्वारा आयोजित प्रतियोगितामा १० स्वर्ण, ६ रजत र १३ कांस्य जितेको चितवन दोस्रो भयो । तेस्रो स्थानको ललितपुरले ५ स्वर्ण, ४ रजत र ६ कांस्य जितेको थियो ।

६६ स्वर्णका लागि भएको प्रतिस्पर्धामा मकवानपुर र भक्तपुरले ४–४, धादिङ, दोलखा, काभ्रे, सिन्धुली र नुवाकोटले २–२ तथा रामेछाप र सिन्धुपाल्चोकले १–१ स्वर्ण जितेका थिए ।

विजेतालाई प्रदेश खेलकुद विकास परिषद् वाग्मती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतले पुरस्कृत गरे । यसै प्रतियोगिताबाट राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा काठमाडौंमा हुने १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदका लागि वाग्मतीबाट खेलाडी छनोट हुनेछ । केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड वैशाख ४ देखि ६ सम्म हुनेछ ।

प्रकाशित : फाल्गुन २२, २०८० २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?