२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नारी दिवसमा महिला स्क्वाट च्याम्पियनसिप हुने

काठमाडौँ —  काठमाडौं व्यायाम व्यवसायी संघले नारी दिवसको अवसरमा प्रथम राष्ट्रव्यापी महिला स्क्वाट च्याम्पियनसिप गर्ने भएको छ ।

नारी दिवसमा महिला स्क्वाट च्याम्पियनसिप हुने

फागुन २५ गते कमलपोखरीस्थित सिटी सेन्टर मलमा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको शनिबार पत्रकार सम्मेलनमा सचिव विजयरत्न वज्राचार्यले जानकारी गराए ।

तीन तौल समूहमा प्रतिस्पर्धा हुनेछ । ५७ केजीमुनि, ५७ देखि ६५ केजीसम्म र ६५ केजीमाथि तौल समूहमा खेल हुनेछ । प्रतियोगितामा विभिन्न जिम क्लब तथा संघ संस्थाहरूका करिब ९० खेलाडीको सहभागिता रहने टेक्निकल कमिटीका संयोजक सुकदेव कार्कीले बताए ।

प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः २० हजार १ सय, १० हजार १ सय र ५ हजार १ सय रुपैयाँ पुरस्कारसहित गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । प्रतियोगिता गर्न अनुमानित ५ लाख ७५ हजार खर्च हुने संघकी अध्यक्ष शोभा गुरुङले जानकारी गराइन् ।


प्रकाशित : फाल्गुन १९, २०८० २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?