२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सहिद स्मृति भलिबल सुरु

काठमाडौँ — प्रथम सहिद स्मृति वाग्मती प्रदेशस्तरीय रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिता शनिबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सुरु भएको छ ।

सहिद स्मृति भलिबल सुरु

पहिलो दिन ४ खेल भएको थियो । नुवाकोटले सिन्धुपाल्चोकलाई ३–१, ललितपुरले रसुवालाई ३–०, चितवनले धादिङलाई ३–० र रामेछापले मकवानपुरलाई ३–१ को सेटमा हराएर क्वाटरफाइनल सुरक्षित गरेका थिए ।

वाईसीएल वाग्मती प्रदेश कमिटीको आयोजनामा भएको प्रतियोगितामा १० टिमको सहभागिता छ । सोमबारसम्म चल्ने प्रतियोगिताको पूर्वमन्त्री वर्षमान पुनले उद्घाटन गरे ।

प्रकाशित : फाल्गुन १९, २०८० २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?