१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

कोशी, गण्डकी, बागमती र एपीएफ विजयी 

माधव अर्याल

पाल्पा — पहिलो संस्करणको लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत् शनिबार भएका खेलमा कोशी, गण्डकी, बागमती प्रदेश र एपीएफले जित निकालेका छन् । 

कोशी, गण्डकी, बागमती र एपीएफ विजयी 

पाल्पाको रामपुरमा शनिबार भएका खेलमा कोशीले मधेश, गण्डकीले कर्णाली, बागमतीले कोशी र सशस्त्र प्रहरी बलले लुम्बिनी प्रदेशलाई हराएका हुन् । पहिलो खेलमा कोशीले मधेश प्रदेशलाई ३–१ को सेटमा हरायो ।

कोशीले जित निकाल्ने क्रममा मधेक प्रदेशलाई २७–२५, २५–१८, २७–२५ को सेटमा पराजित गरेको छ । मधेशले २५–२३ को सेटमा सान्तवना जित निकाल्यो । कोशीकी कविता राई प्लेयर अफ द म्याच घोषित भइन् ।

दोस्रो खेलमा गण्डकीले कर्णाली प्रदेशलाई २५–१२, २५–१४ र २५–२० को सोझो सेटमा हरायो । गण्डकीकी सोइङ थापा प्लेर अफ अफ द म्याच घोषित भईन् । तेस्रो खेलमा बागमतीले कोशी प्रदेशलाई २५–०, २६–६ र २५–८ को सेटमा हराएको छ । बागमतीकी प्रगति नाथ प्लेयर अफ द म्याच घोषित भइन् ।

चौथो खेलमा एपीएफले लुम्बिनीलाई सोझो सेटमा पराजित गरेको छ । एपीएफले लुम्बिनीलाई प्रदेशलाई २५–१०, २५–१३ र २५–१३ को सेटमा हराएको छ । एपीएफकी निरुता ठगुन्ना प्लेयर अफ द म्याच घोषित भइन् ।

मौसम खराब भएकाले पाँचौँ खेल सुदुरपश्चिम र मधेश प्रदेशको तीन खेल भए पनि थप एक सेट खेल हुन सकेन । प्रतियोगिताको विजेताले २ लाख ५० हजार, दोस्रो हुनेले १ लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार र चौथों हुनेले ३५ हजार रुपैयाँ प्राप्त गर्ने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए ।

पाल्पा जिल्ला भलिबल संघको आयोजना भएको प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन भइरहेको छ । प्रतियोगिताको समूह एमा आर्मी, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश छन् । समूह बीमा बागमती, सुदूर, मधेश र कोशी प्रदेश छन् ।

प्रकाशित : फाल्गुन १९, २०८० २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?