१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

बुटवल ओपन टेनिस : प्रदीप र अभिलाषा च्याम्पियन

दीपेन्द्र बडुवाल

बुटवल — पोखराका प्रदीप खड्का र काठमाडौंकी अभिलाषा विष्ट रुपन्देहीको बुटवलमा सञ्चालन भइरहेको छैटौँ बुटवल ओपन लन टेनिस तथा दोस्रो मेयर कप अन्तर्गत शनिबार पुरुष र महिला एकलतर्फ च्याम्पियन बनेका छन् ।

बुटवल ओपन टेनिस : प्रदीप र अभिलाषा च्याम्पियन

खड्का र विष्ट गत वर्षका समेत च्याम्पियन हुन् । राष्ट्रिय वरीयतामा दुवै नम्बर एक खेलाडी हुन् । उनीहरुले पाँचौं बुटवल ओपनको प्रदर्शन दोहोर्‍याउँदैं उपाधि रक्षा गर्न सफल भएका हुन् ।

डिफेन्डिङ च्याम्पियन खड्काले साबिक उपबिजेता रुपन्देहीका रितिक रानालाई प्रतिस्पर्धात्मक खेलमा पराजित गरेका हुन् । चौथो बुटवल ओपन च्याम्पियन रितिकले प्रदीपलाई टक्कर दिएपनि उपाधि जित्न सकेनन । शनिबार बिहान भएको फाइनलमा प्रदीपले रितिकलाई ६–३, ४–६ र ६–४ सेटले पराजित गरे । घरेलु दर्शकको समर्थन प्राप्त रितिकले प्रदीपका प्रहारलाई फर्काउन नसक्दा अंक जोडन सकेका थिएनन् ।

महिला एकलतर्फ काठमाडौंकी विष्टले उत्कृष्ट प्रदर्शन कायम राख्दै शुभाङगी राज्यलक्ष्मी शाहलाई सोझो सेटमा पराजित गरिन् । उनले एकतर्फी प्रदर्शन गरेर शाहलाई ६–०, ६–० सेटले पराजित गरिन । बिहान भएको ३५ वर्ष उमेर समूहको पुरुष एकल फाइनलमा उपाधिका लागि अनिल शाही र कमल भण्डारीबीच म्याराथन खेल सञ्चालन भएको थियो । करिब तीन घण्टा सञ्चालन भएको खेलमा अनिल शाही ७–५, ६–७, ११–९ सेटले विजयी भए । प्रतियोगिताका विजेतालाई शनिबार मध्यान्ह ट्रफी, मेडल र नगद पुरस्कार प्रदान गरिएको रुपन्देही लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवालीले बताए । प्रतियोगितामा ११ विधामा एक सय खेलाडीले प्रतिस्पर्धा गरेको संघका सचिव सबर मियाँले बताए ।


प्रकाशित : फाल्गुन १९, २०८० १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?