कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नेदरल्यान्ड्स फाइनल नजिक

काठमाडौँ — नेदरल्यान्ड्स लगातार दोस्रो विजय हात पार्दै ट्वान्टी– २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलाको फाइनल नजिक पुगेको छ । माइकल लेभिटको आक्रामक शतकप्रेरित नेदरल्यान्ड्सले बिहीबार नामिबियालाई ५९ रनले हरायो । 

नेदरल्यान्ड्स फाइनल नजिक

लेभिटले ६२ बलमै १ सय ३५ रन बनाएपछि टस जितेको नेदरल्यान्ड्सले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ५ विकेट गुमाई २ सय ४७ रन बनायो । यस मैदानमा ट्वान्टी–२० अन्तर्राष्ट्रियको यो उच्च स्कोर हो । सन् २०२१ मा नेपालले नेदरल्यान्ड्सविरुद्ध नै ३ विकेट गुमाई २ सय ३८ रन बनाएको थियो ।

लेभिटको स्कोर डच खेलाडीको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा व्यक्तिगत उच्च स्कोर पनि हो । ३१ बलमा अर्धशतक र ४९ बलमा शतक बनाएका लेभिटले कुल ११ चौका र १० छक्का प्रहार गरे । लेभिटले साइब्रान्ड इन्गेलब्रेक्टसँग ८७ बलमै १ सय ९३ रनको साझेदारी गरे, जुन दोस्रो विकेटमा अहिलेसम्मकै ठूलो हो ।

इन्गेलब्रेक्टले ४० बल खेल्दै ७ चौका र ५ छक्का प्रहार गरे । जवाफमा आएको नामिबियाले ७ विकेट गुमाई १ सय ८८ रनमात्र बनाउन सक्यो । यान फ्राइलिन्क र जेन ग्रिनले समान ४२ रन बनाए । नेदरल्यान्ड्सका टिम भान डेर गुग्टेनले ३ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।

नेदरल्यान्ड्सले बाँकी रहेको नेपाल र नामिबियाविरुद्धको दुईमध्ये एक खेल जिते फाइनलमा पुग्नेछ । आफूअनुकूल नतिजा आए त्यो भन्दाअघि नै टोलीको फाइनल स्थान पक्का हुनेछ । नेपालले शुक्रबार नामिबियाको सामना गर्नेछ । फाइनलमा पुग्न नेपाललाई यो खेल जित्नैपर्ने अवस्था छ । नेपाल पराजित भएमा नामिबिया र नेदरल्यान्ड्सको फाइनल पक्का हुनेछ ।


प्रकाशित : फाल्गुन १८, २०८० ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?