कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

स्वस्तिश्री र रिब्स आफ्नो विधामा च्याम्पियन

फाल्गुन १८, २०८०
स्वस्तिश्री र रिब्स आफ्नो विधामा च्याम्पियन

काठमाडौँ — आयोजक स्वस्तिश्री गुरुकुलले तेस्रो एसजी अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताअन्तर्गत यू–१६ को उपाधि जितेको छ । आयोजककै हातामा सम्पन्न फाइनलमा स्वस्तिश्रीले पाठशाला नेपाल फाउन्डेसनलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्‍यो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो । पारामाउन्ट स्कुल तेस्रो भयो ।

स्वस्तिश्रीका रिहानमान जोशी उत्कृष्ट गोलरक्षक, स्वस्तिश्रीका आरोभ शर्मा उत्कृष्ट खेलाडी र पाठशालाका मनिल अधिकारी सर्वाधिक गोलकर्ता घोषित भए । निःसर्ग बाटिकाले फेयर प्ले ट्रफी हात पार्‍यो ।

यू–१४ उमेर समूहमा रिब्स च्याम्पियन बन्यो । रिब्सले फाइनलमा स्वस्तिश्री गुरुकुललाई ३–० गोलले हरायो । रिब्सका ब्लेस गुरुङले २ र श्रमन गुरुङले १ गोल गरे । द एक्सेल्सियर स्कुल तेस्रो बन्यो ।

रिब्स स्कुलका आयुश केसी उत्कृष्ट गोलरक्षक चुनिए भने रिब्सकै ब्लेस गुरुङ सर्वाधिक गोलकर्ता भए । स्वस्तिश्रीका दीप खत्री उत्कृष्ट खेलाडी चुनिए । यू–१२ मा बम्हकुञ्ज पहिलो भयो । फाइनलमा ब्रम्हकुञ्जले रिब्सलाई १–० ले हरायो । ब्रम्हकुञ्जका जेम्स राईले निर्णायक गरे । ब्राइट फ्युचर तेस्रो स्थानमा रह्यो । ब्राइटका कृपाल लम्साल सर्वाधिक गोलकर्ता भए । रिब्सका सागरकुमार यादव उत्कृष्ट गोलरक्षक र ब्रम्हकुञ्जका सम्बुद्ध कुवर (एलेक्स) उत्कृष्ट खेलाडी बने ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश कक्षपती, ब्राइट फ्युचर स्कुलका प्रधानाध्यापक दयाराम थापा, राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सरु लिम्बू, स्वस्तिश्रीकी प्रबन्ध निर्देशक मीना महर्जनलगायतले पुरस्कृत गरे ।

प्रकाशित : फाल्गुन १८, २०८० २०:०९
×