कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

पुष्पलाल स्मृति ब्याडमिन्टन

रसिला र नङसलदेवी महिला एकलको फाइनलमा

काठमाडौँ — लिनिङ १३ औं पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको महिला एकल उपाधिका लागि ललितपुरकी रसिला महर्जन र भोजपुरकी नङ्सलदेवी तामाङबीच प्रतिस्पर्धा हुने भएको छ ।

पुष्पलाल स्मृति ब्याडमिन्टन

रसिलाले शुक्रबार नेपाल पुलिस क्लबकी नीता लम्साललाई २१–१६, २१–१६ को सेटमा पराजित गरिन् । नङसलले ११ं र १२ औं संस्करणकी बिजेता आर्मीकी अनुमाया राईलाई २१–१४, २४–२२ को संघर्षपूर्ण खेलमा हराइन् ।

पुरुष एकलतर्फ एपीएफका प्रिन्स दाहाल र ललितपुरका प्रफुल महर्जन पुनः फाइनल भिड्ने भएका छन् । शीर्ष ८ वरीयताभित्रको खेलाडीको प्रतिस्पर्धामा प्रिन्सले एपीएफका देवराज रानालाई २१–७, २–१२ ले हराएर फाइनलमा प्रफुलसॅगको भेट पक्का गरे । प्रफुलले नेपाल पुलिस क्लबका सुनिल जोशीलाई २१–१४, २१–१३ ले पराजित गरेका थिए ।

पुष्पलाल स्मृतिको अघिल्लो संस्करणमा प्रफुललाई पछि पारेका प्रिन्स तेस्रो प्रधानमन्त्री कपमा प्रफुलसॅग पराजित भएका थिए । त्यसयता ललितपुर जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको दोस्रो मेयर कप र स्पोर्ट्स हबद्वारा आयोजित प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टनमा प्रफुललाई पराजित गर्दैर् प्रिन्सले उपाधि जितेका थिए ।

मास्टर्स ४५ बर्षमाथिको युगलमा रिभाइभका शुक्र पाख्रिन र भीमबहादुर थापा तथा पिस फिटनेस सेन्टरका सञ्जय कपाली र अनिल थामसुहाङ्गको जोडी उपाधिका लागि भिड्नेछन् ।

आयोजक राष्ट्रिय ब्याडमिन्टन संघले पूर्वघोषणा अनुरुप नेपालका नम्बर एक खेलाडी एवं पूर्व बिश्व जुनियर नम्बर एक खेलाडी प्रिन्स दाहाललाई शनिबार मोटरसाइकलसहित सम्मान गर्ने भएको छ ।

संघले पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको लगातार तीन संस्करणको बिजेतालाई मोटरसाइकलले सम्मान गर्ने घोषणाअनुरुप यस पटक प्रिन्सलाई सम्मान गर्न लागेको हो । प्रिन्स पुष्पलाल स्मृति ब्याडमिन्टनको १० औं संस्करणदेखि च्याम्पियन छन् ।

यसअघि रत्नजित तामाङ र नङशलदेबी तामाङ सम्मानित भइसकेका छन् ।

प्रकाशित : फाल्गुन १८, २०८० २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?