कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

काठमाडौंका मुकेशले जिते हेटौंडा रनको उपाधि

प्रताप विष्ट

हेटौंडा — जिल्लास्तरीय प्रतियोगितामा सीमित रहेको खुल्ला राष्ट्रिय पुरुष हेटौंडा रन–२०८० को उपाधि काठमाडौंका मुकेश पालले हात पारेका  छन् । 

काठमाडौंका मुकेशले जिते हेटौंडा रनको उपाधि

हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नगर खेलकुद विकास समितिको आयोजनामा पहिलो पटक हेटौंडामा भएको प्रतियोगितामा निर्धारित ५ किलोमिटरको दूरी १५ मिनेट २२ सेकेन्डमा पार गर्दै पालले उपाधि जितेका हुन् । उनले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

१८ जिल्लाका ९२ जना प्रतिपर्स्धालाई पछि पार्दै पालले उपाधि जित्दा जुम्लाका दुर्गाबहादुर बुढा द्वितीय भए । उनले १५ मिनेट २४ सेकेन्डमा निर्धारित दूरी पार गरे । बुढाले द्वितीय हुँदै ५० हजार रुपैयाँ प्राप्त गरे । हेटौंडाको बुद्ध चोकबाट सुरु भएको दौड पारिजात पथ हुँदै पुनः बुद्धचोकमा आएर टुंगिएको दौड प्रतियोगितामा काठमाडौंका सञ्जय श्रेष्ठ तृतिय भए । उनले १५ मिनेट ३० सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए । श्रेष्ठले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

चौथो र पाँचौं भएका काठमाडौंका टंक कार्की र दाङका नागेश्वर ऐरीले सान्त्वना पुरस्कारस्वरूप १०/१० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा विजेता भएकालाई हटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, नगर उपप्रमुख राजेश बानिया र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा सहभागी ९२ मध्ये हेटौंडा–२ का ६९ वर्षीय प्रेमजी श्रेष्ठलाई सम्मान गरीएको थियो । पाको उमेरमा पनि खेलप्रतिको लगाव र लगनशिलताका लागि नगर प्रमुख, उपप्रमुखले प्रशंसा गर्दै सम्मान गरेका थिए ।

प्रकाशित : फाल्गुन १८, २०८० ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x