२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

मछिन्द्र फेरि ओली कपको फाइनलमा

मछिन्द्रले शनिबार फाइनलमा एनआरटीविरुद्ध प्रतिस्पर्धा गर्ने

काठमाडौँ — डिफेन्डिङ च्याम्पियनका रूपमा मछिन्द्र क्लबसामु केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि रक्षा गर्ने अवसर मिलेको छ । दशरथ रंगशालामा बिहीबारको सेमिफाइनलमा मछिन्द्रले भारतको मानेभञ्ज्याङ एफसीमाथि ५–० को सजिलो जित रच्दै फाइनल तय गरेको हो । शनिबार हुने फाइनलमा मछिन्द्रको प्रतिद्वन्द्वी हुनेछ एनआरटी ।

मछिन्द्र फेरि ओली कपको फाइनलमा

एनआरटीले अर्को सेमिफाइनलमा जावलाखेल युवा क्लबमाथि ३–० को जित हात पार्‍यो । दिनको पहिलो खेलमा एनआरटीका लागि सन्जिव विष्टले दुई र विवेक गुरुङले एक गोल गरेका थिए । खेलको पाँचौं मिनेटमा विवेकको गोलमा एनआरटीलाई अग्रता प्राप्त भएको थियो । रणदीप पौडेलको क्रसलाई उनले सजिलै पोस्टको दिशा दिए । खेलको ५६ औं मिनेटमा सन्जिवले दोस्रो गोल गरे । रिचर्ड विलियम्सको थ्रु पासलाई उनले गोलमा परिणत गरे । लगत्तै ६३ औं मिनेटमा सन्जिवले तेस्रो गोल गरे । पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिएको थियो ।

यता मछिन्द्रका लागि ५ गोल फरक फरक खेलाडीले गरेका थिए । विमल घर्तीमगरले २६ औं मिनेटमा फ्रि–किकबाट पहिलो गोल गरेपछि त्यसको दुई मिनेटमा स्टेफन समीरले दोस्रो गोल गरे । तेस्रो गोल भने हिसुब थपलियाको नाममा रह्यो । उनले मानेभञ्ज्याङविरुद्ध ३७ औं मिनेटमा गोल गरेका हुन् । यसका लागि उनले रिबाउन्ड बलको उपयोग गरेका थिए । देवेन्द्र तामाङले ५४ औं मिनेटमा गरेको हेडबाट चौथो गोल गरे । उत्सव राईको कर्नरलाई उनले गोलमा परिणत गरेका हुन् । पाँचौं गोल इन्ज्युरी टाइममा आयुष घलानले गरे ।प्रतियोगिता विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकाशित : फाल्गुन १८, २०८० ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?