कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आयरल्यान्डको ऐतिहासिक पहिलो टेस्ट जित

एएफपी

अबुधाबी — अन्ततः आयरल्यान्डले शुक्रबार पहिलो ऐतिहासिक टेस्ट जित निकालेको छ र यसका लागि उसले अफगानिस्तानलाई ६ विकेटले पराजित गर्‍यो । यससँगै आयरल्यान्डले लगातार सात हारको क्रमलाई पनि रोकेको छ । कप्तान एन्डी बालबिर्नीले नेतृत्वकारी इनिङ्स खेलेर र सानदार ५८ रन बनाएर अविजित रहे । 

आयरल्यान्डको ऐतिहासिक पहिलो टेस्ट जित

यसै क्रममा आयरल्यान्डले तेस्रो दिनको अन्तिम सत्रमा १ सय ११ रनको झिनो लक्ष्य प्राप्त गरेको थियो । आयरल्यान्डले सन् २०१८ मा पहिलो टेस्ट खेलेको थियो र त्यति बेला पाकिस्तानसँग पराजित रहेको थियो । ‘हामी असाध्यै खुसी छौं । हामीले इतिहास बनायौं । यो जित हाम्रा लागि विशेष छ,’ बालबिर्नीले भने । आयरल्यान्ड एक समय ३ विकेट गुमाएर १३ रनको खराब स्थितिमा थियो । बालबिर्नीले थपे, ‘हामी पक्कै पनि निकै आत्तिएका थियौं । आखिरमा हामी पहिलो जितका लागि लक्ष्य पछ्याइरहेका थियौं । त्यसैले यो विशेष रह्यो ।’

उनले थपे, ‘हाम्रा खेलाडीले टेस्ट क्रिकेट धेरै खेल्न पाउँदैनौं । मलाई विश्वास छ, आयरल्यान्डमा पनि टेस्ट रुचाउनेको कमी छैन ।’ अफगानिस्तानले शुक्रबार ३ विकेट गुमाएर १ सय ३४ रनबाट आफ्नो दोस्रो इनिङ्स खेल्न सुरु गरेको थियो र पूरा टिम २ सय १८ रन पुग्दा अलआउट भएको थियो । उसका लागि कप्तान हसमतुल्लाहले साहिदीले सर्वाधिक ५५ रन बनाए । यस्तै टेस्ट डेब्यु गरिरहेका रहमनुल्लाह गुरबाजले ४६ रन जोडे ।

मार्क एडिरले ३ विकेट लिए र पूरा टेस्टमा ८ विकेट हात पारे । यस्तै क्रेग योङ र ब्यारी म्याकार्टीले ३–३ विकेट लिए । सीमित ओभरको क्रिकेटमा अत्यधिक आक्रामक खेल्ने गुरबाजले दुई छक्का प्रहार गरे । नाभिद जाद्रनको बलिङमा ओपनरद्वय पिटर मुर र कर्टिस क्याम्फेर शून्यमा आउट भएपछि आयरल्यान्ड दबाबमा आएको थियो । बारबिर्नीले जाद्रनलाई ह्याट्रिक लिन दिएनन् र अन्त्यमा निर्णायक सावित इनिङ्स खेले । त्यसपछि बारबिर्नी र पउल स्टर्लिङले टिमलाई जितसम्म डोर्‍याए ।

प्रकाशित : फाल्गुन १८, २०८० २२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?