कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सार्थकको अलराउन्ड प्रदर्शन

काठमाडौँ — सार्थक धितालले अर्धशतकसँगै ४ विकेटको सानदार अलराउन्ड प्रदर्शन गरेपछि पाँचपोखरी क्रिकेट क्लबले पाँचपोखरी हिमालयन क्रिकेट क्लबलाई ३५ रनले हराउदै पाँचपोखरी जिल्लास्तरीय टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । 

सार्थकको अलराउन्ड प्रदर्शन

मुलपानी क्रिकेट रंगशालामा पाँचपोखरीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो । सार्थकले ४४ बलमा ५० रन जोड्ने क्रममा ५ चौका र ३ छक्का प्रहार गरे । विवेक राना मगरले १६ बलमा १ चौका र २ छक्कासहित ३० र आर्यन धितालले २८ रन जोडे । जवाफी ब्याटिङमा उत्रिएको हिमालयन १९ ओभरमा १ सय १९ रनमा अलआउट भयो । सार्थकले ४ ओभरमा १४ रन खर्चेर ४ विकेट लिएका थिए । हिमालयनका ओपनरद्वय पासाङ तामाङले ३३ र आर्या तामाङले २५ रन जोडे ।

अर्को सेमिफाइनलमा हृयोल्मो–११ ले मेलम्ची नगरपालिकालाई १० विकेटले हरायो । पहिला ब्याटिङ गरेको मेलम्ची १८.५ ओभरमा ९२ रनमा समेटियो । सोनु देवकोटाले २९ रन जोड्नुबाहेक अन्यले गतिलो योगदान दिएनन् । ओपनरद्वय विनोद तामाङ र नाम्गिल शेर्पाको योगदानमा हृयोल्मोले १० ओभरमै विजयी लक्ष्य पूरा गर्‍यो । प्लेयर अफ द म्याच विनोदले अविजित ६० रन बनाए । उनले ३८ बल खेली ९ चौका प्रहार गरे । नाम्गिल २२ बलमा ३ चौकासहित २६ रन जोडे । फाइनल खेल शनिबार हुनेछ ।


प्रकाशित : फाल्गुन १८, २०८० २२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?