१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

दुई विधाको फाइनलमा स्वस्तिश्री

काठमाडौँ — आयोजक स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलको दुई टोली तेस्रो एसजी अन्तरविद्यालय ब्वाइज फुटसल प्रतियोगितामा बिहीबार फाइनल पुगेको छ । यू–१६ र यू–१४ उमेर समूहतर्फ स्वस्तिश्री फाइनलमा पुग्यो ।

दुई विधाको फाइनलमा स्वस्तिश्री

यू–१६ मा स्वस्तिश्रीले निःसर्ग शाटिकालाई टाइब्रेकरमा ३–२ गोलले हरायो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो । फाइनलमा स्वस्तिश्रीको भेट पाठशालासँग हुनेछ । अर्को सेमिफाइनलमा पाठशालाले पारामाउन्टलाई १–० ले हरायो ।

यू–१४ मा स्वस्तिश्री ‘ए’ ले एक्सेल्सियरलाई १–० गोलले हराएर रिब्ससँग उपाधि भिडन्त पक्का गर्‍यो । रिब्सले ग्यालेक्सीमाथि ३–१ को जित निकाल्यो ।

यू–१२ मा ब्रम्हकुञ्ज र नाम्स फाइनलमा भिड्ने छन् । ब्रम्हकुञ्जले ब्राइट फ्युचरलाई ४–१ र नाम्सले रिब्सलाई २–१ गोलले पन्छाए । फाइनल शुक्रबार हुनेछ ।

प्रकाशित : फाल्गुन १७, २०८० १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?