१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

पोग्बामाथि चार वर्षको प्रतिबन्ध

रोम, एएफपी — फ्रान्सेली फुटबल स्टार पउल पोग्बालाई इटालीको एन्टी डोपिङ ट्रायब्युनलले बिहीबार चार वर्षको प्रतिबन्ध सजाय सुनाएको छ । गत अगस्टमा उनलाई प्रतिबन्धित शक्तिबर्द्धक औषधि प्रयोगमा दोषी पाइएको थियो ।

पोग्बामाथि चार वर्षको प्रतिबन्ध

सेप्टेम्बरमा उनलाई निलम्बन गरिएको थियो । अहिलेको चार वर्षको प्रतिबन्धबारे ३० वर्षीय विश्वकप विजेता खेलाडीलाई जानकारी दिइसकेको युभेन्ट्सका प्रवक्ताले भनेका छन् ।

इटालीको सिरी ए मा युभेन्ट्सका लागि खेल्न पोग्बा अगस्ट २० मा लिइएको प्रतिबन्धित शक्तिबर्ढक औषधिको परिक्षणमा पोजिटिभ आएका हुन् । युडिनेजीविरुद्धको खेलमा उनी सब्टिच्युट खेलाडी रहेका थिए ।

म्यानचेस्टर युनाइटेडमा छ वर्ष बिताएयटा सन् २०२२ मा फेरि युभेन्ट्स फर्केका पोग्बा फ्रान्सले सन् २०१८ मा विश्वकप जित्दाका प्रमुख खेलाडी थिए ।

प्रकाशित : फाल्गुन १७, २०८० १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?