१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

दाङ क्रिकेट लिग : तुलसीपुर रोयल्स र दंगाली लायन्स विजयी

देउखुरी र पुरन्धारा फाइनल दौडबाट बाहिरिए
दुर्गालाल केसी

दाङ — दाङ क्रिकेट लिग (डिसिएल) अन्तर्गत् बिहीबारका दुई खेलमा तुलसीपुर रोयल्स र दंगाली लायन्स विजयी भएका छन् । तुलसीपुरले देउखुरी वारियर्सलाई तथा दंगाली लायन्सले पुरन्धारा च्यालेन्जर्सलाई पराजित गरे । हारसंगै एक खेल खेल्न बाँकी रहँदै देउखुरी र पुरन्धाराको फाइनल पुग्ने सम्भावना समाप्त भएको छ ।

दाङ क्रिकेट लिग : तुलसीपुर रोयल्स र दंगाली लायन्स विजयी

घोराही क्रिकेट रंगशालामा सम्पन्न पहिलो खेलमा तुलसीपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको देउखुरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०० रन मात्र बनाउन सक्यो । लक्ष्य पछ्याउने क्रममा देउखुरीका नारायण जोशीले सर्वाधिक ३० रन योगदान दिए भने प्रज्वल थापाले १४ तथा आशिष ओलीले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

तुलसीपुरको बलिङमा भुवन कार्की, अमर सिंह रौटेला र दिवान पुनले समान २ विकेट लिए । रुपेश सिंह र नविन बिकले १/१ विकेट लिए । अलराउण्ड प्रदर्शन गरेका रुपेश सिंह खेलको प्लेयर अफ द म्याच घोषित भए । टस जितेर ब्याटिङ गरेको तुलसीपुर रोयल्सले २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनायो ।

तुलसीपुरको लागि रुपेश सिंहले सर्वाधिक ४३ रन बनाए जुन क्रममा उनले २९ बलमा २ चौका र ३ छक्का प्रहार गरे । यस्तै बिराट सिंह भण्डारीले ३५ बलमा ६ चौका मद्दतले ३० रन बनाए । दिवान पुनले १५, अमर सिंह रौटेलाले ११ तथा भुवन कार्कीले १० रनको योगदान दिए । बलिङतर्फ देउखुरी वारियर्सको लागि सुभम खनालले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २४ रन खर्चिए । आशिश ओलीले २ तथा आवाज गौतमले १ विकेट लिए ।

दोश्रो खेलमा दंगाली लायन्सले पुरन्धारा च्यालेन्जर्सलाई ७५ रनले पराजित गर्‍यो । दंगाली लायन्सले दिएको १५० रनको लक्ष्य पछ्याएको पुरन्धाराले १७.५ ओभरमा ७४ रन मात्र बनायो । पुरन्धाराको ब्याटिङमा कृष्ण कार्कीले सर्वाधिक २७ तथा दिपेन्द्र रावतले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पुरन्धारालाई सानो योगफलमा समेट्न दंगाली लायन्सका बलर बसिर अहमदले सर्वाधिक ३ विकेट लिए जो प्लेयर अफ द म्याच घोषित भए । राष्ट्रिय क्रिकेटर समेत रहेका बसिरले ४ ओभरमा १३ रन मात्र खर्चिए । यस्तै कप्तान बिपिन खत्री, बिर बहादुर घर्ति मगर र शंकर रानाले २/२ विकेट लिए । प्रकाश जैसीले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरको दंगाली लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनायो । ब्याटिङतर्फ दंगालीको लागि सन्तोष कार्कीले सर्वाधिक ३० रन बनाए जुन क्रममा २२ बलमा ५ चौका प्रहार गरे । यस्तै अंकित बुढा मगरले २८ रन, बिपिन खत्रीले २४, शिशिर डाागीले २१, बसिर अहमदले १७ तथा शंकर रानाले १२ रन योगदान दिए । बलिङतर्फ पुरनधाराका कृष्ण कार्की र सुजल ओलीले समान ३ विकेट तथा दिपेन्द्र रावत र मोहन खत्रीले १/१ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार हुने दुई खेलले फाइनल पुग्ने दुई टिम पक्का हुनेछ । शुक्रबारको पहिलो खेलमा विहान ९ः३० बजे दंगाली लायन्स र देउखुरी वारियर्स तथा दिउासो १ः३० बजेको दोश्रो खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्सले प्रतिस्पर्धा गर्नेछन् । बिहिबारको जितपछि तुलसीपुर तीनवटै जितको साथ ६ अंकसहित शिर्ष स्थानमा छ । यस्तै दंगाली लायन्स र घोराही टाइगर्स समान ४ अंक रहेता पनि नेट रन रेटको आधारमा दोश्रो र तेश्रो स्थानमा छन् । पुरन्धाराले सबै ४ खेल खेल्दा २ अंकको साथ चौंथो स्थानमा छ भने एक खेल खेल्न बााकी हुादा देउखुरी अंकविहिन रहादै पााचौ स्थानमा छ ।

दाङ क्रिकेट संघद्वारा आयोजित प्रतियोगितामा पााच फ्रेन्चाईज टोली सहभागी छन् । जसमा सुशान्त सिंह थापा कप्तान रहेको घोराही टाइगर्स, विशाल विक्रम केसी कप्तान रहेको देउखुरी वारियर्स, मोहन खत्री कप्तान रहेको पुरन्धारा च्यालेन्जर्स, दिवान पुन कप्तान रहेको तुलसीपुर रोयल्स तथा विपिन खत्री कप्तान रहेको दंगाली लायन्स रहेका छन् ।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाा तथा उपविजेताले १ लाख रुपैयाा प्राप्त गर्ने दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाले बताए । लिगको उत्कृस्ट ब्याटर, बलर तथा उदयमान खेलाडीले समान १०/१० हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताकै उत्कृस्ट खेलाडीले १५ हजार रुपैयाा तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैया प्राप्त गर्नेछन् ।

प्रकाशित : फाल्गुन १७, २०८० १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?