कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पिस प्वाइन्ट जित्दा राहुलको १४ गोल

कान्तिपुर संवाददाता

काठमाडौँ — आयोजक पिस प्वाइन्ट ‘ए’ छैटौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा पुगेको छ ।

पिस प्वाइन्ट जित्दा राहुलको १४ गोल

पिस प्वाइन्टले सानो गौचरण मैदानमा प्रस्फुटनलाई २४–१ को फराकिलो अन्तरले हरायो । पिस प्वाइन्टको जितमा म्यान अफ द म्याच राहुल लामाले एक्लैले १४ गोल गरे । अभय घिमिरेले ३, पवन बुढाथोकी, विशेष थिङ र प्रज्ञान राईले २–२ तथा युविक ढकालले १ गोल थपे । प्रस्फुटनका कुशल गिरीले एक गोल फर्काए ।

मनकामना र एकलव्य पनि सेमिफाइनलमा पुगे । मनकामनाले एनसीसीएसलाई ९–० को फराकिलो गोलअन्तरले हरायो । ‘म्यान अफ द म्याच’ सनिल मगर र अनिश दंगालले समान २–२ तथा कृष्ण मोक्तान, मानाव बम्जन र रोजन चिमरियाले समान १–१ गोल गरे । बााकी २ गोल आत्माघाती थियो ।

एकलव्यले सम्भावीमाथि ४–० को जित दर्ता गर्‍यो । ‘म्यान अफ द म्याच’ निरज कोइराला, विशेष खड्का, रोहन बस्नेत र अनिल शाहीले समान १–१ गोल गरे । सेमिफाइनलमा एकलब्यको भेट गेटवे एकेडेमीसंग हुनेछ भने पिस प्वाइन्टले मनकामनासँग खेल्ने छ ।

प्रकाशित : फाल्गुन १४, २०८० २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?