कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनभीए राष्ट्रिय भलिबल चैतमा, आरबीबीको प्रायोजन निरन्तर

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल भलिबल संघको आयोजनामा आठौं आरबीबी/एनभीए राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता चैत ३ देखि हुने भएको छ ।

एनभीए राष्ट्रिय भलिबल चैतमा, आरबीबीको प्रायोजन निरन्तर

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले सोमबार आयोजित पत्रकार सम्मेलनमा पुरुषमा १२ र महिलामा ९ टिमको सहभागिता रहने बताए । टिम दर्ताको अन्तिम मिति फागुन २५ सम्म रहेको छ ।

विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट पुरुष/महिला खेलाडीलाई जनही ४० हजार नगद पुरस्कार प्रदान गरिने छ ।

विधागत ६ उत्कृष्ट खेलाडीलाई जनही १५ हजारबाट पुरस्कृत गरिने छ । यसै प्रतियोगिताबाट एनभीए लिगका लागि पुरुषमा ८ र महिलामा ६ टिमको छनोट गरिने अध्यक्ष चन्दले बताए ।

पत्रकार सम्मेलनमा मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंक र आयोजक भलिबल संघबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकका कार्यकारी प्रमुख किरणकुमार श्रेष्ठ र अध्यक्ष चन्दले सम्झौतापत्रमा हस्ताक्षर गरे । मुख्य प्रायोजनवापत बैंकले संघलाई १८ लाख रुपैयाँ दिनेछ । प्रतियोगितालाई बैंकले मुख्य प्रायोजन गरेको लगातार छैटौं वर्ष हो ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ५५ लाख रुपैयाँ खर्च हुनेछ । आठ दिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछ ।

प्रकाशित : फाल्गुन १४, २०८० २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?