कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

१४ औं नुवाकोट जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड पञ्चकन्याको घ्याङस्वाँरामा हुने

नुवाकोट — १४ औं नुवाकोट जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता पञ्चकन्या गाउँपालिकाको घ्याङस्वाँरामा हुने भएको छ । 

१४ औं नुवाकोट जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड पञ्चकन्याको घ्याङस्वाँरामा हुने

बिहीबार सम्पन्न १३ औं जिल्लास्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा समापनमा घ्याङस्वाँरालाई अर्को वर्ष आयोजनाको झन्डा हस्तान्तरण गरिएको छ । पञ्चकन्याका अध्यक्ष तेजबहादुर तामाङलाई झन्डा र ब्यानर हस्तान्तरण गरिएको हो । घ्याङस्वाँराको सहिद स्मृति पार्कको खेल मैदानमा प्रतियोगिता हुनेछ ।

१३ औं संस्करणको प्रतियोगितामा १९ स्वर्ण पदक, १६ रजत, १२ कांस्य पदकसहित लिखु गाउँपालिका प्रथम भई‌ राष्ट्रपति रनिङ सिल्ड प्राप्त गरेको छ । यस्तै १७ स्वर्ण पदक १४ रजत पदक, ८ पदकसहित विदुर नगरपालिका दोस्रो, ६ स्वर्ण पदक, ६ रजत पदक, ७ कांस्य पदकसहित म्यागङ गाउँपालिका तृतीय हुन सफल भएको छ । ५ स्वर्ण १ रजत ४ कांस्य पदकसहित ककनी गाउँपालिका चौथो भएको छ ।

रनिङ सिल्डको समापन वाग्मती प्रदेशसभा सदस्य राधिका तामाङको प्रमुख आतिथ्यता तथा नुवाकोट जिल्ला समन्वय समिति प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरी, पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङ, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलगायतको आतिथ्यतामा भएको हो ।

विदुर नगरपालिका-४ बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा र विदुर-२ को बट्टार कबर्ड हलमा भएको प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल, तेक्वान्दो, कराते, उसु खेल सञ्चालन भएको थियो । त्यसमा प्रथम, द्वितीय, तृतीय भएको छात्रछात्रा टिम र खेलाडीलाई पुरस्कृत गरिएको थियो । प्रतियोगितामा जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकाले भाग लिएको थियो ।

प्रकाशित : फाल्गुन ११, २०८० २३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?