१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

पहिलो दिन रुटको शतक

राँची, एजेन्सी — इंग्ल्यान्डका लागि जोए रुटले भारतविरुद्ध शुक्रबार सुरु भएको चौथो टेस्टको पहिलो दिन शतक बनाउँदै नटआउट रहेका छन् । उनको १ सय ६ रनको मदतले इंग्ल्य्रान्डले पहिलो दिनको खेल समाप्त हुँदा सात विकेटमा ३ सय २ रन बनाएको छ ।

पहिलो दिन रुटको शतक

रुटले २ सय २६ बलको सामना गरेर नौ चौका प्रहार गरेका छन् । उनलाई ३१ रन बनाएका ओली रोबिन्सनले साथ दिइरहेका छन् । त्यस अगाडि पाहुना टिमका लागि ओपनर ज्याक क्रलीले ४२ र बेन फोक्सले ४७ बनाए ।

इंग्ल्यान्डको सुरुआत भने राम्रो रहेन र ५७ रन बनाउँदासम्म तीन विकेट गुमाएको थियो । भारतीय बलरमध्ये डेब्यु गरिरहेका आकाश दीपले ७० रनमा तीन विकेट लिएका छन् । पाँच टेस्टको सिरिजमा भारत २–१ ले अगाडि छ ।

प्रकाशित : फाल्गुन ११, २०८० १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?