१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

जुनियर बास्केटबलमा प्यारागन र मनास्लु भिड्ने

काठमाडौँ — प्यारागन र मनास्लु बिहीबार चाँदबाग स्कुल दोस्रो कम्फेस्टअन्तर्गत यू–१२ ब्वाइज बास्केटबलमा फाइनलमा पुगेका छन् ।

जुनियर बास्केटबलमा प्यारागन र मनास्लु भिड्ने

प्यारागनले गुह्येश्वरीलाई २७–१३ र मनास्लुले ज्ञानोदयलाई ११–९ स्कोरले पराजित गरे । यू–१२ गर्ल्स बास्केटबलमा बौद्ध चिल्ड्रेन हेभनले निःसर्ग बाटिकालाई १२–४ र चेल्सीले रिब्सलाई १२–११ ले हराएर उपाधि भिडन्त पक्का गरे ।

यू–१२ ब्वाइज फुटबलमा टीआईए र गुह्येश्वरी फाइनलमा भिड्ने छन् । टीआईएले बोधीसदनलाई टाइब्रेकरमा २–१ ले र गुह्येश्वरीले जोन डेवीलाई २–० ले हराए । फाइनल शुक्रबार हुनेछ ।

काष्ठमण्डपमा ए लेभल बास्केटबल

काष्ठमण्डप ए लेभल एकेडेमीको आयोजनामा सातौं काष्ठमण्डप अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आइतबारदेखि हुनेछ ।

प्रतियोगितामा ब्वाइजमा ८ तथा गर्ल्समा ४ टिमको सहभागिता निश्चित भइसकेको आयोजकका ईसीए कोओर्डिनेटर सुन्दर बुढाथोकीले जनाएका छन् ।

ब्वाइजमा बूढानीलकण्ठ डिफेन्डिङ च्याम्पियन हो । गर्ल्सको प्रतिस्पर्धा पहिलो पटक समावेश गरिएको हो ।


प्रकाशित : फाल्गुन १०, २०८० २२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?